काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री र अध्यक्ष दाहालबीच अहिले बालुवाटारमा छलफल भइरहेको छ। प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले प्रधानमन्त्री र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच भेटवार्ता जारी रहेको बताए।
स्थानीय तहको निर्वाचन, एमसीसी लगायतका विषयमा छलफल गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका हुन्। नेताले जानकारी दिए। पछिल्लो समय एमसीसीको विषयलाई लिएर सत्ता गठबन्धन दलहरूकाबीचमा नै मत भिन्नता देखिएको छ।
प्रधानमन्त्री देउवा जसरी पनि एमसीसी अगाडि बढाउने पक्षमा देखिएका छन् भने नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसीसी संशोधन नगरी कार्यान्वयन गर्न नसकिने अडानमा देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।