काठमाडौं– फिल्म निर्देशक तथा निर्माता मिलन चाम्स राईको आगामी फिल्म ‘बर एण्ड बधु’मा अभिनेत्रीको रुपमा आँचल शर्मा रहने भएकी छन्।
राईले सामाजिक सञ्जालमार्फत् शर्मालाई फिल्ममा लिइएको जानकारी दिएका छन्।
प्रेम कथामा आधारित फिल्ममा आँचल मुख्य भूमिकामा देखिने छिन्। फिल्मको छायांकन कोरोना महामारी कम भएसँगै फागुन महिनाबाट सुरु गर्ने योजना रहेको उनले बताएका छन्।
फिल्म एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको हो। फिल्मका अन्य कलाकार आगामी दिनमा निधो गरिने निर्माण पक्षले जनाएको छ। फिल्ममा आँचलले भने ‘बधु’को भूमिकामा देखिने पक्का भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।