• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

जनगणनाको प्रारम्भिक नतिजामै प्रश्न, तथ्यांक विभाग भन्छ– काठमाडौंबासी ढोकै खोल्दैनन्

64x64
धनु विश्वकर्मा बुधबार, माघ १९, २०७८  ०७:०४
1140x725

काठमाडौं– केन्द्रीय तथ्यांक विभागले माघ १२ गते राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्‍यो। त्यही दिन साहित्यकार राजन मुकारुङले फेसबुकमा यस्तो स्टेटस लेखे, ‘गणकहरू हामीकहाँ आएनन्, हामीले पनि बोलाएर दुःख दिनु उचित ठानेनौँ, अनि हामी नै छुट्यौँ। चाहँदा स्थानीय तहले मिलिकमै काम तमाम गर्ने कुरा हो– जनगणना।’

मुकारुङजस्तै धेरै सर्वसाधारणले जनगणनाको प्रारम्भिक नतिजामा प्रश्न उठाएका छन्। अर्घाखाँचीको पाणीनी नगरपालिका–४ का सागर भटट्राईले पनि आफ्नो गणना नभएको बताएका छन्। उनको १० जनाको परिवार छ। जेठा दाइका छोराछोरी र आमा गाउँमा बस्छन्। माइला दाइ खगराज गुल्मीमा क्याम्पस पढाउँछन्। अर्का एक दाइ भारत बस्छन्।

सागर भने काठमाडौंको बालाजु बस्छन् र वैदेशिक रोजगार बोर्डमा काम गर्छन्। उनका अनुसार घरमा भएका दाजु र आमाको मात्र गणना भएको छ। काठमाडौंमा उनको गणना नै भएन। उनी भाडामा बस्ने घरमा १६ वटा कोठा छन्। घरबेटी त्यहाँ बस्दैनन्। त्यो घर बस्ने कसैको गणना नभएको उनी बताउँछन्। 

त्यस्तै दैलेखको आठबीस कोट गाउँपालिकाका प्रेम विश्वकर्माले पनि आफ्नो गणना नभएको बताएका छन्। उनको घरमा आमा, बुबा, दाइ, भाउजू र बहिनी छन्। ‘घरमा गणक गएका रहेछन्। एउटा छोरो काठमाडौं छ भन्दा उतै गणना हुने बताएछन्। तर, यता मसँग कसैले तथ्यांक लिएन,’ उनले भने।

प्रेम त्रिभुवन विश्वविद्यालयमा राजनितिशास्त्रमा स्नाकोत्तर गरिराखेका छन्। कीर्तिपुरमा डेरा बस्छन्। आफू कलेज समयबाहेक डेरामै हुने उनको भनाइ छ।

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–१ की डोमा तामाङ जनगणनाका लागि आफ्नो घरमा कोही नआएको बताउँछिन्। काठमाडौं डेरामा बस्ने भाइ पनि गणनामा छुटेको उनी बताउँछिन्। आफ्नो गाउँका धेरै परिवारसम्म गणक नपुगेको उनको दाबी छ।

केन्द्रिय तथ्यांक विभागका सूचना अधिकारी तीर्थराज चौलागाईंले भने कतिपय व्यक्ति छुट्नु स्वाभाविक भएको बताए। उनले भने, ‘राष्ट्रिय जनगणना भनेको व्यक्तिगत परिचयपत्र माग्नका लागी गरिने गणना होइन, योजना निर्माणका कार्यलाई बाँडफाँड गर्न गरिन्छ। त्यसैले सबैको व्यक्तिगत विवरण नआउन सक्छ। त्यो स्वाभाविक हो।’

वैदेशिक रोजगारीका क्रममा रहेकाको विवरण सम्बन्धित परिवारबाट लिइएको उनले जानकारी दिए। अन्य व्यक्ति भने जुन ठाउँमा बसोबास गरेको हो, त्यहीँबाट विवरण संकलन भएको उनको भनाइ छ। 

Ncell 2
Ncell 2
nimb
nimb

काठमाडौंलगायत शहरी क्षेत्रमा गणकहरूलाई विवरण लिन समस्या परेको चौलागाईंले बताए। उनले भने, ‘काठमाडौंमा ढोका नखोल्ने, घरमा मान्छे नभेटिने जस्ता समस्या आए। भाडामा बस्नेलाई भेट्न झनै मुस्किल भयो।’ 

जनसंख्या वृद्धिदर ८० वर्षयताकै कम
केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको प्रारम्भिक नतिजाअनुसार नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ। १० वर्षअघि २०६८ सालमा भएको जगगणनामा नेपालको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ थियो। एक दशकमा जनसंख्या २६ लाख ९७ हजार ९७६ जना बढेका छन्। 

जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत छ। अघिल्लो जनगणनामा वृद्धिदर १.३५ प्रतिशत थियो। यो वृद्धिदर ८० वर्षयताकै सबैभन्दा कम हो। १९९८ साल यताका सबै जनगणनामा वृद्धिदर एक प्रतिशतभन्दा माथि थियो। तर, १९८७ र १९७७ सालको जनगणनामा वृद्धिदर ऋणात्मक थियो।

नेपालमा १९६८ सालमा तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरको पालादेखि जनगणना गर्न सुरु भएको हो। यसपटकको जनगणना बाह्रौँ हो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यसपटकको जनगणनाअनुसार महिलाको संख्या एक करोड ४९ लाख एक हजार १६९ अर्थात्, ५१.०४ प्रतिशत छ। त्यसैगरी पुरुषको संख्या एक करोड ४२ लाख ९१ हजार ३११ अर्थात्, ४८.९६ प्रतिशत छ। 

अमेरिकामा पनि तीन प्रतिशतसम्म छुट्छन्
तीर्थराज चौलागाईं
सूचना अधिकारी, केन्द्रीय तथ्यांक विभाग

राष्ट्रिय जनगणना भनेको व्यक्तिगत परिचयपत्र माग्नका लागि गरिने गणना होइन। योजना निर्माणका कार्यलाई बाँडफाँड गर्न जनगणना गरिन्छ। त्यसैले सबैको व्यक्तिगत विवरण नआउन सक्छ। त्यो स्वाभाविक हो। पक्कै पनि कतिपय नागरिक छुटेका होलान्। अमेरिकाजस्तो दक्ष जनशक्ति र प्रविधि भएको ठाउँमा पनि दुईदेखि तीन प्रतिशत छुट्ने रहेछन्। 

जनगणना गणना गर्नेको मात्र दायित्व नभएर दिनेको पनि दायित्व हो भन्ने बुझ्नुपर्छ। गणकले दोहोर्‍याएर अथवा तेहेर्‍याएर पनि विवरण लिएको देखिन्छ। त्यसैले सकेसम्म नछुटाउने र नदोहोर्‍याउने प्रयास हुन्छ। ठूलो संख्यामा गरिने काम भएको हुनाले केही तलमाथि हुनु स्वाभाविक हो।

वैदेशिक रोजगारीका क्रममा विदेश रहेकाको भने सम्बन्धित परिवारबाटै गणना भएको छ। अक्सर जहाँ बसोबास भएको हो, त्यहीँबाट विवरण संकलन हुन्छ। त्यसैले विदेश हुनेबाहेक डेरा बस्नेहरूको हकमा सम्बन्धित ठाउँबाट नै गणना भएको छ। तर, काठमाडौँलगायत शहरी क्षेत्रमा भने ढोका नखोल्ने समस्या भयो। कतिपयमा घरबेटी नभेटिने, कतिपयमा भाडामा बस्ने नभेटिने पनि भयो। यस्ता खालका समस्या पनि स्वाभाविक हुन्।

गणनाका लागि नागरिकलाई राज्यले सुसूचित गराएको हो। विभिन्न मिडियामार्फत जानकारी गराइएको हो। फोनको रिङटोनमा पनि सूचना दिइएको हो। धेरैभन्दा धेरै नागरिकसम्म जानकारी पुर्‍याइएको थियो।

मतदाता नामवली र जनगणनाको फरक नबुझेर पनि प्रश्न गरिएको छ। धेरैले मनाङको उदाहरण दिँदै मतदाताभन्दा जनसंख्या कम भएको बताएका छन्। मनाङका धेरै मान्छे जिल्लाबाहिर छन्। उनीहरू जहाँ छन्, त्यहीँ गणना हुन्छ। तर, मतदाता नामवली सम्बन्धित जिल्लामा नै संकलन हुन्छ र भोट हाल्न त्यहीँ जानुपर्छ। त्यसकारण फरक परेको हो।

केही समयअघि तथ्यांक विभागले नै नेपालको जनसंख्या तीन करोड पुगेको अनुमान सार्वजनिक गरेको थयो। त्यो अनुमान मात्र थियो। नेपालको अघिल्लो जनगणना र जनसंख्या वृद्धिदरलाई आधार बनाएर अनुमान गरिएको थियो। अहिले सार्वजनिक गरिएको जनसंख्या चाहिँ आधिकारिक हो। त्यसैले नेपालको जनसंख्या तीन करोड पुगेको छैन।

जनसंख्या वृद्धिदर घट्नुमा हालको बच्चा कम जन्माउने परिपाटी पनि कारक हो। त्यसैगरी देशको उर्वर जनशक्ति विदेशमा छ। प्रजनन् क्षमता भएका नागरिक वैदेशिक रोजगारीमा हुँदा पनि जनसंख्या वृद्धिदर घटेको हो।

प्रकाशित मिति: बुधबार, माघ १९, २०७८  ०७:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा प्रधानमन्त्री शाहका अनुसार पूर्वाधार विकास मन्त्रालयले त्रिशूली करिडोरअन्तर्गतका क्षतिग्रस्त पुलहरूको मर्मत गरी सञ्चालनमा ल्याएको हो... शुक्रबार, असोज ३०, २०८३
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’ शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकपछि निर्णय सार्वजनिक गर्ने क्रममा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सुनार... शुक्रबार, असोज ३०, २०८३
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना प्राधिकरणबाट इन्टरनेट (इमेलसहित) सेवा सञ्चालनको अनुमतिपत्र लिएका केही सेवा प्रदायकले अनुमतिपत्रका सर्तविपरीत काम गरेको पाइएपछि दूरसञ... शुक्रबार, असोज ३०, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा शुक्रबार, असोज ३०, २०८३
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’ शुक्रबार, असोज ३०, २०८३
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शुक्रबार, असोज ३०, २०८३
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्