काठमाडौं- बहुप्रतीक्षित भारतीय फिल्म ‘आरआरआर’को नयाँ प्रदर्शन मिति घोषणा भएको छ। यसअघि कोरोना महामारीको बढ्दो प्रभावका कारण प्रदर्शनबाट पछि हटेको फिल्मको नयाँ प्रदर्शन मिति सार्वजनिक भएको हो। अब फिल्म मार्च २५ मा प्रदर्शन हुने घोषणा निर्माण पक्षले गरेको छ।
एस.एस. राजामौलीको निर्देशनमा बनेको यो फिल्म यसअघि ७ जनवरी २०२२ मा प्रदर्शन हुने भनिएको थियो। तर, बढ्दो कोरोना महामारी र नयाँ भेरियन्ट ओमिक्रोनका कारण फिल्म प्रदर्शन हुन पाएन्।
निर्माण पक्षले फिल्मलाई पोस्टपोन्ड गर्दै मार्च १८ वा मार्च २८ मा यसको प्रदर्शन हुन सक्ने बताएका थिए। अन्तत: फिल्मलाई मार्च २५ मा प्रदर्शन गर्ने निर्णय फिल्मको निर्माण पक्षले गरेको छ।
फिल्ममा भारतको स्वतन्त्रताको कथा देखाइएको छ। दक्षिण भारतीय अभिनेता जुनियर एनटीआर र राम चरणसँगै फिल्ममा अजय देवगण र आलिया भट्टको अभिनय रहेको छ।
फिल्ममा भारतको हैदरावादका निजमविरुद्ध लडेका कोमरााम भिम र बेलायती शासनविरुद्ध लडेका अल्लुरी सिताराम राजुको कथालाई देखाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।