पाँचथर, (रासस)– आगामी मंसिर १० र २१ गते हुने प्रदेश र राष्ट्रसभा चुनावका लागि नेपाली काँग्रेस पाँचथरले आकांक्षीको नाम छनौट गरी केन्द्रीय समितिमा पठाएको छ । प्रदेश सांसदको आकांक्षीमा दुईजना पत्रकारको नामसमेत पार्टीले सिफारिस गरेको छ।
जिल्ला कार्यसमितिको बैठकले राष्ट्रियसभाका लागि पार्टीका आदिवासी विभाग प्रमुख भीष्मराज आङ्देम्बे, महासमिति सदस्य मित्रप्रसाद काफ्ले र महाधिवेशन प्रतिनिधि डिकेन्द्र चेम्जोङको नाम सिफारिस गरेको छ।
त्यस्तै प्रदेशसभाका लागि क्षेत्र नं १ बाट बालकृष्ण ओझा, लवदेव ढुंगाना, नरेन्द्रकुमार केरुङ, रूपनारायण जबेगुको नाम सिफारिस गरेको छ । क्षेत्र नं २ बाट सुरेन्द्रकुमार दाहाल, वीरेन्द्रकुमार खड्का, सूर्यकुमारी नेम्वाङ, धर्मेन्द्रविक्रम नेम्वाङ, खड्गसुन्दर लावतीलगायत छजनाको नाम सिफारिस गरिएको छ।
उक्त बैठकले राष्ट्रसभामा समानुपातिकतर्फ पूर्णकुमार शेर्मा, दीपकप्रकाश बाँस्कोटा, चन्द्रकला केरुङ र कृष्णकुमारी खतिवडाको नाम सिफारिस गरेको छ । प्रदेशसभा समानुपातिकतर्फ क्षेत्र नं १ बाट अम्बिका न्यौपाने, हरिप्रसाद ओझा, मधु जबेगु, पूर्णबहादूर नेपाली, विश्वराज योङ्या, यज्ञ भट्टराई, छवि बाँस्कोटा, सुरेन्द्र तिम्सिना, नारायण कोइराला, जयप्रसाद रिजाललगायत १४ जनाको नाम चयन गरेको छ ।
क्षेत्र नं २ बाट समानुपातिकतर्फ हरिराज आङ्दम्बे, धनेन्द्र चेम्जोङ, रामराज आङ्दम्बे, गंंगामाया आङ्दम्बे, आशा आङ्दम्बे, नीरबहदुर धमला र वीपेन्द्र गौतमको नाम सिफारिस भएको छ।
आकांक्षीमध्ये प्रदेशसभा प्रत्यक्षतर्फका लवदेव ढुंगाना र क्षेत्र नं २ बाट समानुपातिकतर्फका वीपेन्द्र गौतम पत्रकार हुन्।
त्यस्तै नेकपा (एमाले) पाँचथरले प्रतिनिधिसभाका लागि प्रत्यक्षबाट पूर्व सांसद तथा एमाले जलस्रोत तथा ऊर्जा विभाग सचिव वसन्तकुमार नेम्वाङ र समानुपातिकतर्फ केन्द्रीय सदस्य पूर्व सामान्य प्रशासन मन्त्री डम्बरसिं सम्बाहाम्फेको नाम सर्वसम्मतरूपमा छनोट गरिएको जनाएको छ।
त्यसैगरी प्रदेशसभाका लागि क्षेत्रीय कमिटीबाट सिफारिस भएका आकांक्षीको नाम नै जिल्ला कमिटीले प्रदेश कमिटीमा सिफारिस गरेको बताइएको छ । आकांक्षीहरुको टुंगो लगाउन नसकिएपछि दुईवटै निर्वाचन क्षेत्रका लागि प्रत्यक्ष र समानुपातिकतर्फबाट पाँच–पाँचजनाको नाम सिफारिस गरिएको पार्टीका जिल्ला सचिव तिवेन्द्र चापागार्इंले बताए।
सिफारिस भएका भध्ये प्रदेशसभाका लागि क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ एमाले सल्लाहकार परिषद् सदस्य तथा सांसद गणेशकुमार काम्वाङ, पार्टीका पूर्व उपसचिव थुमनाथ चापागार्इं, जिल्ला सचिव तिवेन्द्रराज चापागाईं, जिल्ला सचिवालय सदस्य महेन्द्र थाम्सुहाङ र भवानी लिङ्देन छन् भने क्षेत्र नं १ बाट समानुपातिकतर्फ उपेन्द्र दंगाल, आशारत्न जबेगु, वीरदल राई, सुदर्शन थापा, कमल जबेगुको नाम सिफारिस भएको चापागार्इंले बताए।
यस्तै क्षेत्र नं २ मा प्रत्यक्षतर्फ कृष्ण आङ्देम्बे, नरेन्द्र बस्नेत, मेघराज घिमिरे, गंगा चेम्जोङ र छवि लावती छन् भने समानुपातिकतर्फ गोविन्द तामाङ, नरबहादुर खड्का, ड्राइभरसिं महरा, करुणा राई र सन्त राईको नाम सिफारिस भएका बताइएको छ।
पाँचथरबाट यसअघि माओवादी केन्द्रले उम्मेदवारको टुंगो लगाइसकेको छ । जसमा संघतर्फ श्रीप्रसाद जबेगु, पाँचथरको क्षेत्र नं ‘क’ बाट हर्क नेम्वाङ मिक्सो र ‘ख’ बाट इन्द्र आङ्बो मौसमको नाम केन्द्रमा सिफारिस गरिएको माओवादी केन्द्रले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।