प्रतिकात्मक तस्बिर
काठमाडौं- कंगोमा विद्रोही समूहसँग भएको भिडन्तमा परि कम्तीमा पनि ३३ जना सैनिक मारिएका छन्। यहाँका मार्च २३ नामक एक अभियानका विद्रोही र कंगोको राष्ट्रिय सेनाका बीचमा उत्तरपूर्वी क्षेत्रमा भिडन्त भएको थियो।
त्यस भिडन्तमा परेर गएको मंगलबारदेखि बिहीबारसम्म ती सैनिक मारिएका कंगोको सेनाले जानकारी दिएको छ।
यहाँका उत्तरपूर्वी किभु प्रान्तको रितसारु क्षेत्रमा यस्तो भिडन्त भएको थियो। सो भिडन्तका क्रममा उक्त विद्रोही समूहकाबीच पनि केही हताहत भएको अनुमान गरिएको छ।
यता सेनातर्फ भने एकजना बटालियन कमाण्डर कर्णेलको पनि ज्यान गएको बताइएको छ। त्यसक्रममा यहाँको सेना र केही विद्रोहीहरु घाइते भएका छन् कंगोली सैनिकले केही दिनयतादेखि यहाँ भिडन्त भएको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।