काठमाडौं– एनएलजी इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको बिहीबार साँझ सम्पन्न बैठकले गत आर्थिक वर्षको मुनाफा साढे १० प्रतिशत लाभांश प्रस्ताव गरेको हो।
कम्पनीले हाल कायम चुक्ता पूँजीे १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
उक्त लाभांश बीमा समितिको स्वीकृती र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन्।
प्रस्तावित बोनस सेयर वितरणपश्चात् कम्पनीको चुक्ता पूँजी १ अर्ब ३२ करोड ६६ लाख रुपैयाँ पुगनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।