काठमाडौं- विश्व नम्बर एक एश्लेग बार्टी वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन अोपनको फाइनलमा पुगेकी छन्।
बिहीबार मेलबर्न पार्कमा भएको सेमिफाइनलमा विश्व वरियताको ५१औं स्थानकी अमेरिकी खेलाडी म्याडिसन किजलाई पराजित गर्दै उनी पहिलो पटक उपाधि नजिक पुगेका हुन्।
दुई पटककी ग्रान्डस्लाम च्याम्पियनसमेत रहेकी बार्टीले किजलाई ६–१ ६–३ को सोझो सेटमा पराजित गरिन्।
बार्टीले यसअघि सन् २०२० मा सेमिफाइनलसम्मको यात्रा तय गरेकी थिइन्। त्यसयता २०२१ मा क्वार्टरफाइनलबाट बाहिरएकी बार्टीले गत वर्ष विम्बलडनको उपाधि उचालेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।