• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

मेडिकल कलेजहरूलाई किन कानुनी लगाम लगाउन सक्दैन सरकार?

सरकार, चिकित्सा शिक्षा आयोग र विश्वविद्यालय दायित्वबाट पन्छिए  
64x64
गौरीबहादुर कार्की शुक्रबार, माघ १४, २०७८  ०९:०५
1140x725

मेडिकल कलेजहरुले बढी शुल्क मागेर विद्यार्थीलाई दुई महिनादेखि कक्षामा बस्न नदिएको तथ्य चिकित्सा शिक्षा आयोग, विश्वविद्यालय र सरकार सबैलाई थाहा छ। तर, यी निकाय बढी शुल्क लिएको सम्बन्धमा केही बोल्न सकिरहेका छैनन्। बोलेका छन् भने पनि झारा टराइ मात्र छ। मूल समस्याको निकास र निचोडतिर उदास छन्। 

नोबेल मेडिकल कलेज विराटनगरका विद्यार्थीहरू बढी शुल्कको विरोधमा आन्दोलनमा छन्। आन्दोलनकै लागि काठमाडौं आएका छन्। माघको तुषारोजस्तै चिसो सरकारले न विद्यार्थीको पीडा बुझ्छ, न सम्बन्धित निकाय नै समाधानका लागि अग्रसर हुन्छन्। 

पहिले पनि बढी लिएको शुल्क फिर्ता गराउन अनेक पटक निर्णय भएकै हो। मेडिकल कलेजहरुले बढी शुल्क लिँदै आएकोमा नियामक निकाय र सरकारलाई थाहा नभएको होइन। तर, सरकार भित्रीरूपमा मेडिकल कलेजहरूकै पक्षमा हुन्छ। विद्यार्थी ठगिएका हुन् वा होइनन् भन्ने यक्ष प्रश्नलाई गौण राखिन्छ।

केही विद्यार्थीलाई पढाएर कक्षा चालु गराउने र आन्दोनरतलाई नपढाउने गरेबाट पनि विद्यार्थीबीच फाटो ल्याउन मेडिकल कलेजहरु उद्दत छन् भन्ने बुझिन्छ। बढी शुल्क लिने मेडिकल कलेजलाई साथ दिनेमा प्रधानमन्त्रीको नेतृत्वमा चल्ने मन्त्रिपरिषद्, प्रधानमन्त्री अध्यक्ष हुने चिकित्सा शिक्षा आयोग, प्रधानमन्त्री कुलपति हुने विश्वविद्यालय नै हुन्। 

देश चलाउने, देशमा सुशासन कायम गराउने कर्तव्य उनै प्रधानमन्त्रीको हो। मेडिकल कलेजले बदमासी गरे कारबाही गर्ने गराउने अधिकार पाएको चिकित्सा शिक्षा आयोगको अध्यक्ष नै प्रधानमन्त्री छन्। बढी शुल्क लिन लगाउने र लिए पनि मौन सम्मति गरी कानुन उल्लंघन गर्ने गराउने विश्वविद्यालयका प्रमुख अर्थात् कुलपति पनि प्रधानमन्त्री नै छन्। कानुन उल्लंघनकर्ता र नियमनकर्ता अर्थात् कारबाही गर्ने पदाधिकारी एउटै व्यक्ति प्रधानमन्त्री भएकाले मेडिकल कलेजको ‘लुट’मा सबै क्षेत्र चुप देखिए।

तथापि, चिकित्सा शिक्षामा सुशासन कायम गराउने अभियन्ता डा.गोविन्द केसीले प्रधानमन्त्रीसमेतलाई भेटेर समस्या समाधान गराउन हारगुहार गर्नु भएकै थियो। समस्या समाधान गराउने कबूल गरिएकै थियो। तर, काग कराउँदैछ, पिना सुक्दैछको अवस्थामा सरकार, मेडिकल कलेज र नियामक निकाय छन्। 

चिकित्सा शिक्षा आयोगले कानुन बमोजिम तोेकेभन्दा बढी शुल्क मेडिकल कलेजहरूले लिन पाउने हो होइन भन्ने सम्बन्धमा यी तीन निकाय प्रष्ट बोलिदिनु पर्छ। लिन नपाउने हो भने किन कानुनी कारबाहीतिर लागिएन? अहिले कांगे्रसका नेतासमेत रहेका सुनील शर्माको काठमाडौंको केएमसी र विराटनगरको नोबेल मेडिकल कलेजले बढी शुल्क मागेको विवाद सरकारले किन समाधान गर्न सक्दैन? यी मेडिकल कलेजले बढी शुल्क लिँदा यसैगरी नियमनकारी निकाय देखावटी कारबाहीमा मात्र लाग्ने हो भने बढी शुल्क नलिएका बाँकी मेडिकल कलेजले पनि भटाभट लिन थाल्नेछन्। 

चिकित्सा शिक्षाको सबै नीतिगत निर्णय गर्र्ने गराउने र मेडिकल कलेजलाई कारबाही गर्ने निकाय चिकित्सा शिक्षा आयोग हो। मेडिकल कलेजले निर्धारितभन्दा बढी शुल्क लिएमा, आयोगको निर्देशन उल्लंघन गरेमा र मापदण्ड पूरा नगरेमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १४ अनुसार सम्बन्धन खारेज गर्न सक्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

बढी शुल्क लिने मेडिकल कलेजहरूलाई कानुनी कारबाही गर्न शिक्षामन्त्री देवेन्द्र पौडेलले प्रमुख जिल्ला अधिकारीलाई आदेश दिएको समाचार आए। मेडिकल कलेजहरूले बढी शुल्क लिएकोमा कानुनी कारबाही गर्ने अधिकार प्रजिअलाई भएको पनि भनियो। तर, राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ र नियमावली २०७७ मा मेडिकल कलेजहरूलाई कारबाही गर्ने अधिकार प्रजिअलाई छैन। बढी शुल्क लिए ठगीमा कारबाही चलाउने अधिकार अपराध संहिताअनुसार स्थानीय प्रहरीलाई छ। कानुन बमोजिम प्रहरीले गर्ने कारबाहीमा प्रजिअको आदेश जरुरी पर्दैन।

वास्तवमा कानुनी अधिकार प्रयोग गर्दा कसैको आदेशको आवश्यकता पर्दैन। तर, नेपालमा सम्बन्धित अधिकारीलाई कानुनले दिएको अधिकार स्वतन्त्र रूपमा प्रयोग गर्न दिइँदैन। कार्यकारीको मुख र मनसाय हेरेर मात्र कारबाही थालिन्छ। ज्यान मारेकोमा, बलात्कार गरेकोमा, अपहरण भएकोमा जाहेरी दिँदा पनि राजनीतिक र कार्यकारीको दबाबमा प्रहरीले कारबाही नगरेको उदाहरण प्रशस्त छन्। अदालतले जाहेरी लिएर अपराधको अनुसन्धान गर्न आदेश दिँदासम्म पनि कारबाही अघि बढ्दैन। 

त्यसैले अधिकार नै नभएको प्रजिअलाई कानुनी कारबाही गर्न खटाएको जस्तो गैरजिम्मेवार कुरा सरकारका मन्त्रीले गर्नु भनेको जनताको आँखामा छारो हाल्ने काम मात्र हो। बरु ‘मेडिकल कलेजले बढी शुल्क लिएकोमा सरकारले केही गर्न सक्दैन’ भनिदिएको भए पनि यो विवादको टुङ्गो लाग्ने थियो। 

बढी रकम माग्नु कानुन विपरीत भए आयोगले निर्धारण गरेको भन्दा बढी नमाग्न आदेश दिनुपर्छ। बढी शुल्क लिएको भए फिर्ता गराउनु पर्छ। तर, कारबाही गर्नेतिर चिकित्सा शिक्षा आयोग, सम्बन्धित विश्वविद्यालय र सरकार नै उदासीन भएपछि विद्यार्थीले न्याय पाउन गाह्रो छ। चिकित्सा शिक्षामा सुधार आउन पनि मुस्किल छ। अहिले कारबाही गरेको जस्तो गरेर विद्यार्थी अलमलाउने काम मात्र भइरहेको छ। विज्ञप्ती जारी गरेपछि काम फत्ते गरेको ठानिन्छ।

Xtrem

Xtrem

अब उत्तर दिनैपर्छ– मेडिकल कलेजले बढी शुल्क मागेको ठीक छ वा बढी शुल्क तिर्न नपरोस् भनी गुहार माग्ने मेडिकल विद्यार्थीको भनाइ ठीक हो? सरकार, चिकित्सा शिक्षा आयोग र मेडिकल कलेज सम्बन्धन दिने विश्वविद्यालय जवाफ दिने निकाय हुन्। यी तीन निकाय प्रष्ट बोल्ने बित्तिकै विवाद टुङ्गो लाग्छ। यसको जवाफ दिन कोभिड संक्रमणको नाममा ढिलो गर्न पाइँदैन। 

तर, दुःखको कुरा यी निकायले ‘बढी शुल्क लिएकोमा किन सम्बन्धन खारेज नगर्ने?’ भनेर एउटा स्पष्टीकरणसमेत सोध्न सकेका छैनन्। आफूले पाएको अख्तियार प्रयोग नगर्नु भनेको अख्तियारको दुरुपयोग पनि हो। राज्य हाँक्नेहरुले नै अख्तियारको दुरुपयोग गरेमा जनता मूकदर्शक हुनुबाहेक अर्को उपाय नेपालमा छैन।                

मेडिकल शिक्षामा केही कलेजले ‘लुटेका हुन्’ वा विद्यार्थीले ‘गुण्डागर्दी’ गरेका हुन् भन्ने कुरा सरकारी निकायले बोलिदिन ढिला भइसकेकोछ। अब मेडिकल शिक्षालाई लुटको केन्द्र बनाउने हो कि कानुनी कारबाहीतिर सरकार लाग्ने हो? जवाफ प्रधानमन्त्री, राष्ट्रिय चिकित्सा शिक्षा आयोग र विश्वविद्यालयले दिन ढिला भइसकेकोछ। 

(लेखक चिकित्सा शिक्षा जाँचबुझ आयोगका पूर्वअध्यक्ष हुन्)

प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८  ०९:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
गौरीबहादुर कार्की
लेखकबाट थप
निर्वाचन आचारसंहिता देखाउनका लागि मात्र हो?
सुपारी, मरिच र केराउ तस्करीलाई कहिलेसम्म 'राष्ट्रिय उद्योग' बनाउने?
उड्ने सिंह राखिने मन्दिर तयार, तर धारामा गाडिएका मूर्ति झिक्न किन विवाद?
सम्बन्धित सामग्री
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं यही सन्दर्भमा काठमाडौंको सीतापाइला–रामकोट–भीमढुंगा सडकको भविष्यबारे गम्भीर बहस आवश्यक छ। सडक स्तरोन्नति र विस्तार आवश्यक छ। तर सडक व... बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर सोमबार, असोज १२, २०८३
आफ्नै पार्टी अध्यक्षविरुद्ध राप्रपाका ७ सांसद अदालतमा, लिङ्देनमाथि के आरोप ? सोमबार, असोज १२, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ प्रकरण: न्यायपालिकामाथि हस्तक्षेप नगर्न सर्वोच्चको चेतावनी सोमबार, असोज १२, २०८३
बाढीपहिरोमा २७ जनाको मृत्यु, एक हजारभन्दा बढी परिवार प्रभावित सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्