काठमाडौं- पाकिस्तान क्रिकेट टोलीका पूर्वअलराउन्डर साहिद अफ्रिदीलाई कोरोना संक्रमण भएको छ।
बुधबार गरिएको परीक्षाको रिपोर्ट पोजिटिभ आएको पाकिस्तान सुपर लिग (पीएसएल)को फ्रेन्चाइजी टोली क्वेटा ग्लाडियटर्सले जनाएको छ।
पीएसएलमा उनी ग्लाडियटर्सलाई प्रतिनिधित्व गर्नेछन्।
ग्लाडियटर्सले जनाए अनुसार अफ्रिदी होम क्वारेन्टाइनमा बस्नेछन्। एक सातापछि रिपोर्ट नेगेटिभ आए उनी पुन टोलीमा आवद्ध हुने जनाएको छ।
अफ्रिकीले गत वर्ष काठमाडौंमा भएको एभरेस्ट प्रिमियर लिग काठमाडौं किंग्स–११ बाट खेलेका थिए।
अफ्रिदी काठमाडौं किंग्स् ११ बाट दुईवटा खेल खेल्ने गरी नेपाल आएका थिए। तर, एक खेल मात्रै खेलेका थिए।
ईपीएलको पहिलो खेलमा काठमाडौंबाट मैदानमा उत्रिएका उनले विकेट लिन सकेनन्। काठमाडौंले सो खेलमा ललितपुर पेट्रियट्समाथि ७ विकेटको शानदार जित हासिल गरेको थियो। यस्तै, अर्को खेल मैदान भिजेको कारण सम्भव नभएपछि अफ्रिदीले नेपालमा आएर जम्मा एक खेलमा सहभागिताको मौका पाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।