काठमाडौं- राजधानीमा बढ्दो कोरोना महामारीका बीच बेइजिङ शीतकालीन ओलम्पिकका आयोजकहरूले सहभागीहरूका लागि कोरोना परीक्षणको नियमलाई खुकुलो बनाउने निर्णय गरेका छन्।
शीतकालीन ओलम्पिकका सन्दर्भमा गरिएको यो महत्वपूर्ण निर्णयपछि सहभागीहरुलाई खेलकुदमा सहभागी हुन सहज हुने भएको छ।
जनवरी ४ देखि हालसम्म शीतकालीन ओलम्पिक खेल्न पुगेका ३ हजारभन्दा बढी व्यक्तिमध्ये ७८ जनाको परीक्षण रिपोर्ट पोजिटिभ आएको छ।
अर्कोतर्फ, प्रतियोगिताको बन्द परिसर बाहिर स्थानीयले कोरोनाको कडा नियम पालना गर्नु परेको छ।
बेइजिङको फेंगताई जिल्लाका करिब २० लाख मानिसलाई कोरोना परीक्षण गराउन भनिएको छ। वास्तवमा, यस हप्ताको सुरुमा त्यहाँ कोरोना संक्रमण फेलिएको थियो।
ज्वरो, खोकी जस्ता लक्षणका लागि औषधि किन्नेलाई पनि तीन दिनभित्र कोरोना परीक्षण गराउन भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।