• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ ३, २०८२ Sat, Jan 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

अधिकांश वाणिज्य बैंकको आधार दर उकालो, एक वर्षमा औसत १.१४ प्रतिशतले महँगियो ऋण

64x64
सुमित्रा कार्की बिहीबार, माघ १३, २०७८  ११:२०
1140x725

काठमाडौं- चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आउँदा २७ वाणिज्य बैंकको आधार दर (बेस रेट) औसतमा १.१४ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म औसत ७.२३ प्रतिशत रहेको आधार दर चालु आवको सोही अवधिमा औसत ८.३८ प्रतिशत पुगेको छ।

हाल सञ्चालनमा रहेका २७ वाणिज्य बैंकले चालु आवको दोस्रो त्रैमास (पुस मसान्त) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्। उक्त विवरणअनुसार बैंकहरुको आधार दर गत आर्थिक वर्षको यसै अवधिको भन्दा बढेको हो।

आधार दर प्रत्येक तीन महिनामा संशोधन हुने गर्छ। आधार दर वास्तविक ब्याजदर नभइ ब्याजदर निर्धारण गर्ने औजार मात्रै हो। बैंकहरुले ब्याजदर निर्धारण गर्दा आधार दरमा प्रिमियम थपेर कर्जा लगानी गर्ने गर्दछन्। जस्तै: कुनै बैंकले ६.५ प्रतिशत आधार दर कायम गरेको छ भने त्यस बैंकले त्यो आधार दरमा पाँच प्रतिशतसम्म प्रिमियम थपेर कर्जा लगानी गर्न पाउँछ। बैंकले कर्जा लगानी गर्दा कर्जाको प्रवृत्ति हेरेर त्यहीअनुसार ब्याजदर निर्धारण गर्नसक्ने नेपाल राष्ट्र बैंकले जनाएको छ।

बजारमा तरलता (लगानीयोग्य रकम)को अभाव हुँदा कर्जा र निक्षेपको ब्याजदर बढ्छ। निक्षेप धेरै संकलन भयो भने कर्जाको ब्याजदर घट्ने गर्दछ। राष्ट्र बैंकले वाणिज्य बैंकको कर्जा र निक्षेपको औसत ब्याजदर अन्तर ४.४ प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था गरेको छ। यसकारण बैंकहरुले निक्षेपकर्तालाई जति ब्याज दिएका छन्, त्यसको ४.४ प्रतिशतभन्दा बढी कर्जाको ब्याजदर पनि लिन पाउँदैनन्।

कुन बैंकको आधार दर कति बढ्यो?
एक वर्षको अन्तरालमा सबैभन्दा धेरै ब्याजदर बढाउने बैंक हिमालयन बैंक रहेको छ। यस बैंकले एक वर्षको अवधिमा १.९२ प्रतिशतले आधार दर बढाएको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्म ७.४ प्रतिशत रहेको यस बैंकको आधार दर यस वर्ष ८.३८ प्रतिशत पुगेको छ।

Ncell 2
Ncell 2

यसैगरी, ब्याजदर धेरै बढाउने दोस्रो बैंक नेपाल एसबीआई रहेको छ। यस बैंकको आधार दर यो एक वर्षको बीचमा १.७१ प्रतिशतले बढेको बैंकले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणले देखाउँछ। गत आर्थिक वर्षको पुस मसान्तसम्म ७.२४ प्रतिशत रहेको बैंकको आधार दर गएको पुस मसान्तसम्म आउँदा ८.९५ प्रतिशत पुगेको छ।

यसैगरी, सबैभन्दा धेरै ब्याजदर बढाउने तेस्रो र चौथो बैंकमा क्रमश: सनराइज र नबिल रहेका छन्। यी दुई बैंकको ब्याजदर एक वर्षको अन्तरालमा क्रमशः १.६५ र १.६३ प्रतिशतले बढेको छ।

गत वर्षको यसै अवधिको भन्दा यस वर्षसम्म आउँदा आधार दर घटाउनेमा कृषि विकास बैंक रहेको छ। यो बैंकको आधार दर पुस मसान्तसम्म ७.७३ प्रतिशत रहेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको भन्दा ०.१४ प्रतिशतले कम हो। गत आर्थिक वर्षको यसै अवधिमा यस बैंकको आधार दर ७.६७ प्रतिशत थियो।

यस अवधिसम्म सबैभन्दा सस्तो ब्याजदर भएको बैंक राष्ट्रिय वाणिज्य बैंक रहेको छ। यो बैंकको आधार दर यस अवधिसम्म ६.६ प्रतिशत रहेको छ। यसैगरी सबैभन्दा सस्तो ब्याजदर भएको अर्को बैंक स्ट्याण्डर्ड चार्टर्ड हो। यो बैंकको आधार दर पुस मसान्तसम्म ६.६३ प्रतिशत रहेको छ।

क्र.सं. बैंक २०७८/७९ को आधार दर
(प्रतिशतमा)
२०७७/७८ को आधार दर
(प्रतिशतमा)
परिवर्तन
१ ग्लोबल आईएमई ७.९९ ६.७६ १.२३
२ एनआईसी एसिया  ९.४४ ७.९४ १.५
३ नबिल  ७.३९ ५.७६ १.६३
४ राष्ट्रिय वाणिज्य  ६.६ ५.६१ ०.९९
५ प्राइम कमर्सियल  ८.९८ ७.८५ १.१३
६ नेपाल इन्भेष्टमेन्ट  ७.२१ ६.५६ ०.६५
७ सिद्धार्थ  ८.५८ ७.३८ १.२
८ कृषि विकास ७.५३ ७.६७ -०.१४
९ मेगा ८.७७ ७.३५ १.४२
१० प्रभु ८.६८ ७.२५ १.४३
११ सिटिजन्स  ९.०८ ८.२५ ०.८३
१२ स्ट्याण्डर्ड चार्टर्ड ६.८३ ६.०७ ०.७६
१३ सानिमा ८.०८ ६.८३ १.२५
१४ माछापुच्छ्रे ८.७९ ७.५६ १.२३
१५ कुमारी ८.९३ ७.९२ १.०१
१६ एनसीसी  ९.१५ ७.९४ १.२१
१७ लक्ष्मी ८.७४ ७.२४ १.५
१८ नेपाल बंगलादेश ८.७४ ८ ०.७४
१९ नेपाल एसबीआई ८.९५ ७.२४ १.७१
२० सेञ्चुरी ८.८२ ७.९१ ०.९१
२१ बीओके ८.४५ ७.६७ ०.७८
२२ सिभिल ९.७४ ८.४५ १.२९
२३ एभरेष्ट  ७.६२ ६.३४ १.२८
२४ सनराइज  ८.९४ ७.२९ १.६५
२५ एनएमबि ८.५८ ७.४ १.१८
२६ नेपाल बैंक  ६.९२ ६.१९ ०.७३
२७ हिमालयन  ८.७५ ६.८३ १.९२
  औसत वार्षिक आधार दर  ८.३८ ७.२३ १.१५

प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८  ११:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
पाँच अंकले बढ्यो नेप्से मंगलबार कारोबारमा आएकामध्ये ११८ कम्पनीको सेयर मूल्य बढ्यो भने १३४ कम्पनीको मूल्य घट्यो। ८ कम्पनीको सेयर मूल्य स्थिर रह्यो। सेयर मूल्... मंगलबार, पुस २९, २०८२
बढ्यो सेयर बजार, खुम्चियो कारोबार रकम १२९ कम्पनीको मूल्य बढ्दा ११५ को घट्यो भने १५ को स्थिर रह्यो । सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.३०, विका... बिहीबार, पुस २४, २०८२
सामान्य अंकले बढ्यो नेप्से सोमबारको तुलनामा मंगलबार शून्य दशमलव शून्य तीन प्रतिशतले बढेर नेप्से २५ सय ८२ दशमलव २३ विन्दुमा बन्द भएको छ । मंगलबार, पुस ८, २०८२
ताजा समाचारसबै
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
रेजा पहलवीले गरे इरानमा अमेरिकी हस्तक्षेपका निम्ति आह्वान शनिबार, माघ ३, २०८२
भावी सरकारमा पनि मिडियाकर्मीको प्रतिनिधित्व हुनुपर्छ : सञ्चारमन्त्री शनिबार, माघ ३, २०८२
यी हुन् गगन थापाको सभापतित्वमा बसेको काँग्रेस कार्यसमिति बैठकले गरेका निर्णयहरु शनिबार, माघ ३, २०८२
बर्दिया १ बाट चुनाव लड्ने तयारीमा बामदेव गौतम शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
यी हुन् गगन थापाको सभापतित्वमा बसेको काँग्रेस कार्यसमिति बैठकले गरेका निर्णयहरु शनिबार, माघ ३, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो शुक्रबार, माघ २, २०८२
देउवा पक्षको आक्रोश – निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्