काठमाडौं- अस्ट्रेलियाले अर्को महिना श्रीलंकाविरुद्ध हुने टी २० सिरिजका लागि टोली घोषणा गरेको छ।
श्रीलंकाविरुद्धको पाँच खेलको सिरिजका बुधबार अस्ट्रेलियाले ओपनर डेविड वार्नर र मिचेल मार्सलाई बाहिर राख्दै टोलीको घोषणा गरेको हो।
उक्त सिरिजमा मुख्य प्रशिक्षक जस्टिन ल्याङगर सहभागि हुने छैनन्। उको स्थान सहायक प्रशिक्षक एन्ड्रियु म्याकडोनाल्डले लिने छन्।
पाँच खेलको सिरिज फेब्रुअरी ११ देखि २० सम्म चल्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।