काठमाडौं– हलिउड अभिनेता टम होल्याण्ड अभिनित फिल्म ‘अनचार्टेड’ १८ फेब्रुअरीबाट सिनेमाहलमा प्रदर्शन हुने भएको छ। होल्याण्डसँगै मार्क वाह्लबर्ग, सोफिया टाइलर अलि लगायतका कलाकार यो फिल्ममा रहेका छन्।
फिल्म एडभेन्चर विधामा आधारित रहेर बनेको छ। दक्षिण अमेरिकाको शहरमा खजानाको खोजी गर्ने अन्वेषक निक ड्रेकले सुनौलो शहरको ठेगाना पाएपछिका घट्ना फिल्ममा देखाइएका छन्। फिल्ममा टम होल्याण्ड निक ड्रेकको भूमिकामा रहेका छन्।
निकै चर्चित भिडियो गेम सिरिज ‘अनचार्टेड’मा आधारित रहेर यो फिल्म बनेको छ। फिल्ममा खजानाको अन्बेषणका कथाहरुलाई प्रस्तुत गरिएका छन्।
फिल्मलाई ‘भेनम’ फिल्म निर्देश्नमार्फत चर्चामा आएका रुवेन फ्लेइस्चरले निर्देशन गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।