काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ।
आज छापावाल ९४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघको भनाइ छ। अघिल्लो सुन दिन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, आज चाँदी अघिल्लो कारोबार दिनको मूल्य १३ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।