काठमाडौं– समयमै काम नसक्ने तथा अपूर्ति नगर्ने पाँच वटा कम्पनीलाई कालो सूचीमा राख्न सिफारिस गरिएको छ। निर्माण व्यवसायी तथा आपूर्तिकताहरूलाई कालो सूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरिएको हो।
प्रहरी प्रधान कार्यालयको प्रबन्ध निर्देशनालयसहित चार निकायहरुले उनीहरुलाई कालो सूचीमा राख्न सिफारिस गरेको सूचनामा उल्लेख छ।
श्री कर्णाली विल्डर्स जनकपुरधाम, श्री तितुङ कन्स्ट्रक्सन प्रालि काठमाडौं, श्री कुशलदेव निर्माण सेवा रसुवा, श्री एशियन मोर्डन जेभी विराटनगर र मोर्डन सुज प्रालि टोखालाई कालो सूचीमा राख्न सिफारिस गरिएको छ।
उनीहरूसँग कालो सूचीमा राख्न नपर्ने कुनै प्रमाण भए ३० दिनभित्र कार्यालयमा लिखित स्पष्टीकरण पेस अनुगमन कार्यालयले आग्रह गरेको छ। हालसम्म पनि स्पष्टीकरण पेस नगरेका कार्यालयले थप सात दिनको समय दिएको जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।