काठमाडौं– अभिनेता जितु नेपाल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह मुख्य भूमिकामा रहने नेपाली फिल्म ‘ह्यारीकी प्यारी’को छायांकन सुरु भएको छ। फिल्मको निर्माण पक्षले सोमबारबाट फिल्मको छायांकन पर्वतमा सुरु भएको जानकारी दिएको छ।
सामाजिक सञ्जालमा अभिनेता नेपालले दिएको जानकारीअनुसार हाल फिल्मको छायांकन पर्वतको भुक देउरालीमा भइरहेको छ। उनले सामाजिक सञ्जालमा फिल्मको छायांकनको तस्बिर राख्दै यस्तो जानकारी दिएका हुन्।
यहि फिल्ममार्फत निर्देशनमा डेभ्यु गरेका कपिल रिजालको निर्देशनमा बन्ने फिल्म रोमेन्टिक फेमेली ड्रामा रहेको छ। फिल्ममा जितु र साम्राज्ञीसँगै विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, रमेश अधिकारीलगायतका कलाकारको अभिनय रहने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।