काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक दिपायल शाखाले जिल्लामा पहिलोपटक क्युआर कोडबाट रकम भुक्तानी गर्न सुरु गरेको छ। बैंकमा खाता खोलेका तथा मोबाइल बैंकिङ भएका ग्राहकको सहजताका लागि जिल्लामै पहिलोपटक उक्त सेवाबाट भुक्तानी दिन सुरु गरेको राष्ट्रिय वाणिज्य बैंक दिपायल शाखाले जनाएको छ।
मोबाइल बैंकिङ भएका ग्राहकले सिधै बैंकमा आएर आफ्नो मोबाइल बैंकिङबाट क्युआर कोड स्क्यान गरेपछि चाहेको जति रकम झिक्न पाउने व्यवस्था मिलाइएको बैंकले जनाएको छ।
ग्राहकले एकपटकमा न्यूनतम ५ सयदेखि एक लाखसम्म रकम उक्त क्युआर सेवाबाट झिक्न सक्ने प्रबन्ध मिलाइएको छ। उक्त सेवा प्रयोग गर्दा ग्राहकलाई सहज, झन्झटरहित तथा छिटो तरिकाबाट भुक्तानी हुने भएकाले बैंकमा पालो कुर्नुपर्ने समस्याको पनि समाधान हुने बैंकको विश्वास छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।