काठमाडौं- पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले आईसीसी वर्ष सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्।
अफ्रिदीले इंग्ल्यान्डका कप्तान जो रुट, न्यूजिल्यान्डका कप्तान केन विलियम्सन र पाकिस्तानका विकेटकिपर ब्याटर मोहम्मद रिजवानलाई पछि पार्दै उनी वर्ष सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन्।
२०२१ मा अफ्रिदीले ३६ अन्तर्राष्ट्रिय खेलमा ७८ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरेका थिए। अफ्रिदीले टेस्ट र टी२० आईमा यो वर्ष उत्कृष्ट प्रर्दशन गरेका थिए। अक्टोबर नोभेम्बरमा युएईमा भएको टि२० विश्वकपमा पाकिस्तानलाई सेमिफाइनलसम्म पुर्याउन अफ्रिदीले उत्कृष्ट योगदान दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।