काठमाडौं- भारतीय क्रिकेटर स्मृति मन्धाना आईसीसीको सन् २०२१ को उत्कृष्ट महिला क्रिकेटर घोषित भएकी छन्।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सन् २०२१ भारतीय महिला टोलीका लागि सहज नभए पनि स्मृति मन्धानाको उत्कृष्ट यात्रा जारी रहेको लेखेको छ।
स्मृतिले सन् २०२१ मा २२ अन्तर्राष्ट्रिय खेल खेलेकी थिइन्। उनले ३८.८६ को औसतमा ८५५ रन बनाएकी थिइन्।
दक्षिण अफ्रिकाविरुद्धको ८ खेलको शृङ्खलामा भारतीय महिला टोलीले दुई खेल मात्रै जित निकालेको थियो। उक्त दुवै खेलमा स्मृतिले उत्कृष्ट प्रदर्शन गरिन्।
इङ्ल्यान्डविरुद्धको टेस्ट सिरिजमा स्मृतिले ७८ रन बनाएकी थिइन्। यद्यपी, टेस्ट सिरिज बराबरीमा सकिएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।