• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ ३, २०८२ Sat, Jan 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

वाणिज्य बैंकहरुले ६ महिनामा कमाए ३३ अर्ब नाफा, ग्लोबल आईएमई अगाडि

64x64
सुमित्रा कार्की सोमबार, माघ १०, २०७८  १८:४७
1140x725

काठमाडौं- चालु आर्थिक वर्षको छ महिना (साउन-पुस)मा 'क' वर्गका २६ वाणिज्य बैंकले ३३ अर्ब ३६ करोड ५१ लाख रुपैयाँ नाफा कमाएका छन्। सञ्चालनमा रहेका २७ मध्ये २६ वाणिज्य बैंकले चालु आवको दोस्रो त्रैमास (पुस मसान्त) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्। उक्त विवरणअनुसार बैंकहरुको नाफा ३३ अर्ब रुपैयाँ नाघेको देखिएको हो।

बैंकहरुको नाफा गत आर्थिक वर्षको पुस मसान्तको भन्दा ९.६८ प्रतिशत अर्थात् दुई अर्ब ९४ करोड ५२ लाख रुपैयाँले बढेको छ। गत आवको सोही अवधिसम्म २६ वाणिज्य बैंकले ३० अर्ब ४१ करोड ९९ लाख १७ हजार रुपैयाँ नाफा आर्जन गरेका थिए। बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको त्रैमासिक प्रतिवेदन माघ १५ भित्र सार्वजनिक गरिसक्नुपर्ने हुन्छ। सो अनुसार माघ १० गतेसम्ममा २७ मध्ये २६ वाणिज्य बैंकले आफ्नो अर्धवार्षिक प्रतिवेदन सार्वजनिक गरेका छन्।

हिमालयन बैंकले भने यस्तो विवरण सार्वजनिक गरिसकेको छैन। वित्तीय विवरण प्रकाशित गर्ने २० बैंकको नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा बढेको छ भने छ बैंकको नाफा घटेको छ।

ग्लोबल आईएमई अगाडि
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म सबैभन्दा धेरै नाफा कमाउनेमा ग्लोबल आईएमई बैंक रहेको छ। उक्त बैंकले यस अवधिमा दुई अर्ब ६६ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको विवरण सार्वजनिक गरेको छ। बैंकको नाफा गत वर्षको यसै त्रैमाससम्मको भन्दा १५.०४ प्रतिशतले बढेको हो। गत आर्थिक वर्षको पुस मसान्तसम्म यस बैंकले दुई अर्ब ३१ करोड ५१ लाख रुपैयाँ नाफा कमाएको थियो।

गत आवको यसै अवधिको तुलनामा धेरै नाफा वृद्धि गर्नेमा भने सिभिल बैंक रहेको छ। सिभिलले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५० करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। बैंकको नाफा गत वर्षको यसै अवधिको भन्दा १४७.४७ प्रतिशतले उकालो लागेको हो। गत आर्थिक वर्षको यसै अवधिमा बैंकले २० करोड २८ लाख रुपैयाँमात्र नाफा कमाएको थियो।

Ncell 2
Ncell 2

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म दुई अर्ब रुपैयाँभन्दा धेरै नाफा कमाउनेमा ग्लोबल आईएमईपछि एनआईसी एसिया र नबिल बैंक रहेका छन्। यी बैंकले गत आर्थिक वर्षको यसै अवधिको तुलनामा आफ्नो नाफा क्रमशः १६.४७ र ८.२ प्रतिशतले बढाएका छन्।

यसैगरी यस अवधिमा एक अर्ब रुपैयाँभन्दा बढी नाफा कमाउन सफल बैंक १३ वटा रहेका छन्। बाँकी बैंकको नाफा ५० करोडदेखि ९० करोड रुपैयाँसम्मको बीचमा रहेको छ।

६ बैंकको नाफा घट्यो
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा छ वटा वाणिज्य बैंकको नाफामा गिरावट आएको छ। यी ६ बैंकको नाफा गत आर्थिक वर्षको यसै अवधिको भन्दा घटेको हो। यो अवधिमा सबैभन्दा धेरै कुमारी बैंकको नाफा २१.७७ प्रतिशतले घटेको छ।

यसैगरी, धेरै नाफा घट्ने दोस्रो बैंक सनराइज बैंक रहेको छ। यस बैंकको नाफा यस अवधिमा २१.४७ प्रतिशतले घटेको छ। प्रभु बैंकको १६.९० प्रतिशत, नेपाल बंगलादेश बैंकको १३.७८, एभरेष्टको १२.७९ र प्राइमको ७.४३ प्रतिशतले नाफा घटेको छ।

यस्तो बैंकहरुको नाफा (रु. हजारमा)

क्र.सं. बैंक  आव २०७८/७९
(६ महिना)
आव २०७७/७८
(६ महिना)
परिवर्तन
(प्रतिशत)
१ ग्लोबल आईएमई २,६६३,३८४ २,३१५,११८ १५.०४
२ एनआईसी एसिया  २,४००,००० २,०६०,५३७ १६.४७
३ नबिल  २,१८१,४२० २,०१६,०२३ ८.२
४ राष्ट्रिय वाणिज्य  १,९१९,५०५ १,७४८,८५९ ९.७६
५ एनएमबि १,७११,५१९ १,६१३,९७३ ६.०४
६ प्राइम कमर्सियल  १,६७८,५८९ १,८१३,३२९ -७.४३
७ नेपाल इन्भेष्टमेन्ट  १,६२४,३२४ १,५८६,६०९ २.३८
८ नेपाल बैंक  १,४१७,०५८ १,३५०,४२३ ४.९३
९ सिद्धार्थ  १,५७७,३१३ ९१८,७४० ७१.६८
१० कृषि विकास १,४२२,५१२ १,३२१,६८८ ७.६३
११ मेगा १,३९९,९१२ १,३०४,४७१ ७.३२
१२ प्रभु १,२६२,०१० १,५१८,६८४ -१६.९
१३ सिटिजन्स  १,२३९,३४९ ८७५,१९३ ४१.६१
१४ स्ट्याण्डर्ड चार्टर्ड १,०८६,७७० ७२७,६३९ ४९.६३
१५ सानिमा १,०७७,०६८ १,०६२,७९६ १.३४
१६ माछापुच्छ्रे १,०१०,८३० ८०२,७७४ २५.९२
१७ एनसीसी  ९००,५४३ ६१४,००४ ४६.६७
१८ कुमारी ८५१,७३८ १,२१६,५५८ -२१.७७
१९ एभरेष्ट  ८३८,९२० ९६१,९०४ -१२.७८
२० लक्ष्मी ८१७,३९८ ८०७,११५ १.२७
२१ नेपाल बंगलादेश ८११,१५२ ९४१,२५५ -१३.८२
२२ नेपाल एसबीआई ७८२,७८१ ५१४,८५९ ५२.०४
२३ सेञ्चुरी ७२२,१६४ ४६६,५९९ ५४.७७
२४ बीओके ७१९,३१९ ७०८,५११ १.५३
२५ सनराइज  ७४५,५४४ ९४९,४१२ -२१.४७
२६ सिभिल ५०४,००१ २०२,८४४ १४८.४७
  कूल नाफा ३३,३६५,१२३ ३०,४१९,९१७ ९.६८

प्रकाशित मिति: सोमबार, माघ १०, २०७८  १८:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
पाँच अंकले बढ्यो नेप्से मंगलबार कारोबारमा आएकामध्ये ११८ कम्पनीको सेयर मूल्य बढ्यो भने १३४ कम्पनीको मूल्य घट्यो। ८ कम्पनीको सेयर मूल्य स्थिर रह्यो। सेयर मूल्... मंगलबार, पुस २९, २०८२
बढ्यो सेयर बजार, खुम्चियो कारोबार रकम १२९ कम्पनीको मूल्य बढ्दा ११५ को घट्यो भने १५ को स्थिर रह्यो । सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.३०, विका... बिहीबार, पुस २४, २०८२
सामान्य अंकले बढ्यो नेप्से सोमबारको तुलनामा मंगलबार शून्य दशमलव शून्य तीन प्रतिशतले बढेर नेप्से २५ सय ८२ दशमलव २३ विन्दुमा बन्द भएको छ । मंगलबार, पुस ८, २०८२
ताजा समाचारसबै
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
रेजा पहलवीले गरे इरानमा अमेरिकी हस्तक्षेपका निम्ति आह्वान शनिबार, माघ ३, २०८२
भावी सरकारमा पनि मिडियाकर्मीको प्रतिनिधित्व हुनुपर्छ : सञ्चारमन्त्री शनिबार, माघ ३, २०८२
यी हुन् गगन थापाको सभापतित्वमा बसेको काँग्रेस कार्यसमिति बैठकले गरेका निर्णयहरु शनिबार, माघ ३, २०८२
बर्दिया १ बाट चुनाव लड्ने तयारीमा बामदेव गौतम शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
यी हुन् गगन थापाको सभापतित्वमा बसेको काँग्रेस कार्यसमिति बैठकले गरेका निर्णयहरु शनिबार, माघ ३, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो शुक्रबार, माघ २, २०८२
देउवा पक्षको आक्रोश – निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्