काठमाडौं- आईसीसी पुरुष टी२० विश्वकपको ग्लोबल छनोट अघि नेपालले ओमानमा चारदेशीय टी२० सिरिज खेल्ने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार नेपालले आयरल्यान्ड, युएई र ओमानसँग चारदेशीय टी२० सिरिज खेल्ने पक्का भएको जानकारी दिएको हो।
सिरिजको पहिलो खेलमा नेपालले ओमानविरुद्ध फेब्रुअरी ११ मा खेल्नेछ। यस्तै, दोसो खेल युएईसँग फेब्रुअरी १२ र फेब्रुअरी १४ मा आयरल्यान्डसँग तेस्रो खेल खेल्नेछ।
यस सिरिजमा विश्वकप छनोटको अभ्यास खेलको रुपमा लिइएको छ। ग्लोबल छनोटमा नेपाल रहेको समूह ‘ए’ अन्तर्गतका खेलहरु फेब्रुअरी १७ देखि २४ तारिखसम्म आयोजना हुनेछ।
यस समूहमा आयोजक ओमानसहित, नेपाल, फिलिपिन्स, क्यानाडा, युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।