काठमाडौं- हलिउड फिल्म सिरिज ‘मिसन इम्पोसिबल’को सातौं र आठौं भागको प्रदर्शन मिति फेरि सरेको छ।
हलिउड स्टार टम क्रुज मुख्य भूमिकामा रहेको फिल्मको सातौं भाग २०२३ जुलाई १४ मा र आठौं भाग २०२४ जुन २८ मा प्रदर्शन हुने फिल्मको निर्माण पक्षले जनाएको छ।
यी दुवै फिल्मलाई हलिउडको फिल्म निर्माण कम्पनी ‘प्यारामाउन्ट पिक्चर्स’ले निर्माण गरेको हो। फिल्मका दुवै भागलाई निर्देशक क्रिस्टोफर मक्कुअर्रियले निर्देशन गरेका छन्।
यसअघि सातौं भाग २०२२ सेप्टेम्बर ३० मा प्रदर्शन हुन बताएपछि विभिन्न कारणले यसको प्रदर्शन मिति पछि सरेको फिल्मको निर्माण पक्षले जनाएको छ। त्यस्तै, फिल्मको आठौं भाग पनि यसअघि जुलाई २०२३ मा प्रदर्शन हुने भनिएको थियो।
जासुसी र एक्सन विधाको यो फिल्म शृंखला ब्रुज गेल्लरको सोही नामको टेलिभिजन कार्यक्रममा आधारित रहेर निर्माण भएको छ। फिल्मको पहिलो भाग १९९६ मा प्रदर्शनमा आएको थियो। पहिलो फिल्मदेखि नै यो शृंखलामा टम क्रुजले अभिनय गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।