• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, वैशाख १९, २०८३ Sat, May 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

६ महिनामा करिब ७५ अर्ब वैदेशिक सहायता सम्झौता

64x64
रासस शुक्रबार, माघ ७, २०७८  १९:५४
1140x725

काठमाडौं- मुलुकको द्रूत विकासका लागि अन्तर्राष्ट्रिय आर्थिक सहायता परिचालन गर्ने नीतिअनुसार सरकारले पछिल्लो छ महिनामा ७४ अर्ब ९३ करोड रुपैयाँ वैदेशिक सहायता लिन सम्झौता गरेको छ।

आफ्नो नेतृत्वमा पाँच राजनीतिक दलको समर्थन र सहभागितमा गठन भएको सरकारले छ महिना पूरा गरेको सन्दर्भमा आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट ४७ अर्ब २० करोड रुपैयँ ‘बजेटरी’ सहयोग र खोपको लागि रकम व्यवस्था गर्न विश्व बैंक र एसियाली विकास बैंकबाट २७ अर्ब ७३ करोड रुपैयाँ सहायता प्राप्त गर्ने गरी सम्झौता भएको बताए।

चालु आर्थिक वर्षमा ११ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा पुस मसान्तसम्म पाँच खर्ब ७६ अर्ब २४ करोड रुपैयाँ संकलन भएको जानकारी दिँदै प्रधानमन्त्रीले संघ सरकारको सार्वजनिक खर्चतर्फ १६ खर्ब ३२ अर्ब ८२ करोड रुपैयाँ वार्षिक बजेटमध्ये पुस मसान्तसम्म पाँच खर्ब छ अर्ब ७८ करोड रुपैयाँ खर्च भएको तथ्यांक प्रस्तुत गरे।

nimb
nimb
Ncell 2
Ncell 2

कृषकलाई वर्षे तथा नगदेबालीका लागि समयमै मल उपलब्ध गराउने प्रयोजनले रासायनिक मल खरिदका लागि तीन अर्ब रुपैयाँ बजेट वृद्धि गरी १५ अर्ब रुपैयाँ पुर्‍याइएको, बितेका छ महिनामा एक लाख तीन हजार मेट्रिकटन रासायनिक मल वितरण भएको उनले बताए। 'कृषकलाई समयमै मल सुनिश्चित गर्ने उद्देश्यले सरकार-सरकार (जी-टू-जी) खरिद प्रक्रियाबाट रासायनिक मल खरिद गर्ने निर्णय गरी मल आपूर्तिको प्रक्रिया अगाडि बढाइएको छ, त्यसका लागि आवश्यक पर्ने थप १३ अर्ब रुपैयाँ स्रोतको व्यवस्था भएको छ,' उनले भने।

सरकारले तोकेको मूल्यमा उखु किसानबाट उखु खरिद गर्न अनुदानबापत ८४ करोड रुपैयाँ रकम भुक्तानीको लागि पठाइएको तथा कृषकलाई आफ्नो उत्पादनको उचित मूल्य प्राप्त गर्न सहयोग पुगोस् भन्ने हेतुले धान तथा उखुको न्यूनतम समर्थन मूल्य निर्धारण गरिएको पनि प्रधानमन्त्रीले बताए।

बेमौसमी वर्षातका कारण धानबालीमा भएको क्षतिको निर्धारण गरी किसानलाई क्षतिपूर्ति दिने निर्णय कार्यान्वयनमा गएको, त्यसबाट मृत्यु भएका परिवारलाई सहयोगस्वरूप दुई लाख रुपैयाँ र सोही परिवारमा थप सदस्यको मृत्यु भएको अवस्थामा प्रतिमृतक थप एक लाख रुपैयाँ दिने निर्णय गरिएको बताउँदै उनले कोभिड-१९ को महामारीबाट प्रभावित अति विपन्न परिवारलाई राहतस्वरूप प्रतिपरिवार एक पटकका लागि १० हजार रुपैयाँ नगद अनुदान प्रदान गरिएको जानकारी दिए।

साथै, प्रधानमन्त्रीले औद्योगिक लगानी प्रवर्द्धनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै उद्योग क्षेत्रको प्रवर्द्धनका लागि छुट्टै विशिष्टीकृत कोष स्थापना गर्ने निर्णय भएको जानकारीसमेत दिए।

प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७८  १९:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
मेची भन्सारबाट १३ अर्बभन्दा बढी राजश्व संकलन कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार चालु आवमा १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राख... शनिबार, वैशाख १९, २०८३
सुनचाँदीको मूल्य बढ्यो आज सुन तोलामा तीन हजार चार सय रुपैयाँले बढेर दुई लाख ९६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको... शुक्रबार, वैशाख १८, २०८३
आजदेखि पेट्रोल र डिजेलको मूल्य घट्यो, खाना पकाउने ग्याँसको मूल्य बढ्यो निगमले बिहीबार एक सूचना जारी गर्दै शुक्रबार बिहानबाट लागु हुने गरी पेट्रोलमा २ रुपैयाँ र डिजेल मट्टितेलमा १२ रुपैयाँले घटाएको हो । शुक्रबार, वैशाख १८, २०८३
ताजा समाचारसबै
रोल्पा दुर्घटनाको तीन दिनपछि सरकारले भन्यो–सुक्ष्म छानबिन हुँदैछ शनिबार, वैशाख १९, २०८३
राष्ट्रपतिद्वारा थप तीनवटा अध्यादेश जारी शनिबार, वैशाख १९, २०८३
लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु शनिबार, वैशाख १९, २०८३
स्वयम्भु क्षेत्रमा पनि चल्यो डोजर शनिबार, वैशाख १९, २०८३
कुन कुन राजमार्ग अवरुद्ध छन्? शनिबार, वैशाख १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
आजदेखि पेट्रोल र डिजेलको मूल्य घट्यो, खाना पकाउने ग्याँसको मूल्य बढ्यो शुक्रबार, वैशाख १८, २०८३
सम्पत्ति शुद्धीकरण ऐन पनि संशोधन, अध्यादेश राष्ट्रपति कार्यालय पठाइयो शुक्रबार, वैशाख १८, २०८३
ट्राफिकलाई लाइसेन्स, ब्लुबुक, चाबी नियन्त्रणमा लिने कार्य नगर्न सर्वोच्चको निर्देशन शुक्रबार, वैशाख १८, २०८३
यूएईविरुद्धको थ्रिलिङ खेलमा नेपाल ६ रनले विजयी शुक्रबार, वैशाख १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस बुधबार, वैशाख १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्