• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

एमाले संसद् अवरोध हटाउन तयार हुन्छ भने वैशाखमा स्थानीय निर्वाचन गर्न सकिन्छ : देव गुरुङ [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ शुक्रबार, माघ ७, २०७८  १५:०९
1140x725

२/२ पटक विघटनको मार खेपेर सर्वोच्चको फैसलापछि पुन:स्थापना भएको संसद्‌ (प्रतिनिधि सभा) सहज ढंगले चल्न सकेको छैन। पछिल्लोपटक गत असार २८ गतेको सर्वोच्च अदालतको फैसलापछि ब्यूँतिएको प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको निरन्तरजसो अवरोध रहँदै आएको छ।   

सत्तापक्षीय गठबन्धन र सरकारले संसद्‌ सहज ढंगले सञ्चालनका लागि प्रतिपक्षी दल एमालेसँग वार्ता गरेको बताउँदै आएको छ। जति वार्ता गरेपनि एमालेले संसद्‌ चल्न नदिने अडान लिएको भन्दै गठबन्धनमा नयाँ प्रस्ताव आएको छ– अहिलेको संसद्‌ विघटन गरेर वैशाखमा प्रतिनिधि सभाको निर्वाचन गर्ने। सत्तारुढ गठबन्धनको एक घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले गठबन्धनमा यस्तो प्रस्ताव अगाडि सारेका हुन्। 

प्रचण्डको प्रस्तावपछि राजनीतिक 'बजार'मा नयाँ बहस हुन थालेको छ– वैशाखमा स्थानीय तहको चुनाव गर्ने कि प्रतिनिधि सभाको। सत्ता गठबन्धनकै केही दल र नेताहरु कानुनअनुसार वैशाखमा स्थानीय तहको चुनाव गर्नुपर्ने पक्षमा छन्। अर्काथरी नेताहरु पनि छन्– जसले प्रचण्डको प्रस्तावको खुलेर समर्थन गर्न सकेका छैनन्, तर वैशाखमा प्रतिनिधि सभाको चुनाव गर्न असंवैधानिक नहुने बताइरहेका छन्। 

नेकपा माओवादी केन्द्रका नेता देव गुरुङ वैशाखमा प्रतिनिधि सभाको चुनाव गर्ने विषय 'बाध्यकारी संवैधानिक विकल्प' भन्छन्। एमालेले संसद्‌ चल्न नदिने भएपछि वैशाखमा प्रतिनिधि सभाको चुनाव गर्ने र नयाँ संसद्‌ले नयाँ संघीय सरकार बनाएपछि त्यही सरकारले स्थानीय तह र अरु निर्वाचन गर्ने भन्ने 'सकारात्मक उद्देश्य'का साथ प्रचण्डले यस्तो प्रस्ताव अगाडि सारेको गुरुङको दाबी छ। प्रचण्डले अगाडि सारेको नयाँ प्रस्ताव, स्थानीय तहको चुनाव र अहिलेको राजनीतिक घटनाक्रमबारे नेपाल लाइभका लागि वीरेन्द्र ओलीले नेता गुरुङसँग गरेको कुराकानी:   

तपाईंको पार्टीका अध्यक्ष प्रचण्डले स्थानीय तहको चुनाव गरौं भन्नु पर्नेमा त्योभन्दा अगाडि प्रतिनिधि सभाको चुनाव गरौं भन्ने अवस्था किन, कसरी आयो? 
सर्वोच्च अदालतले पहिलोपटक संसद्‌ पुन:स्थापना गरेदेखि त्यतिबेला सत्ता पक्षको रुपमा र अहिले प्रमुख प्रतिपक्षीको रुपमा एमालेले राम्रोसँग संसद्‌ चल्न दिएन। यो क्रम चलेको त १ वर्ष हुन लाग्यो। 

संसद्‌को अवरोध खुलाउन नेताहरुले दशौंपटक एमालेसँग संवाद गरेर प्रयास गर्नुभयो। संसद्‌ खुलाउन एमालेले मानेको छैन। सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई संसद्‌‌मा उठाएको छ। त्यो संसद्‌मा उठाएर हल हुने कुरा हुँदै होइन। एमालेले संसद्‌ अवरुद्ध गरेको गर्‍यै छ। यो प्रणालीलाई नै ड्यामेज गर्न खोजेको देखिन्छ। यो संसद्‌‌को कार्यकाल अझै १०/११ महिना बाँकी छ। त्यो समयसम्म संसद्‌ अवरुद्ध गर्ने खालको उनीहरुको छाँटकाट देखिन्छ। निकासविहीन र अन्त्यविहीन तरिकाको डेट लक हुने देखिन्छ। 

अब आगामी वैशाखदेखि चुनाव वर्ष पनि सुरु हुने भइसक्यो। हामीले अर्को वर्ष चुनावै गर्नै पर्ने छ। त्यस्तो अवस्थामा अहिलेको संसद्‌‌को गतिरोध हटाउन संघीय चुनाव हुन्छ कि भन्ने विकल्पको रुपमा अघि सारिएको हो।

तत्कालीन प्रधानमन्त्री केपी ओलीले संसद्‌ विघटन गरेर मध्यावधी घोषणा गर्दा 'यो संसद्‌‌को आयु एक दिन हुँदा पनि चल्नुपर्छ' भनेर तपाईंहरुले नै भन्नुहुन्थ्यो। तपाईंहरु पनि फेरि केपी ओलीकै बाटोमा लाग्नुभयो नि त?
केपी जीले २/२ पटक संसद्‌ विघटन गर्नुभयो। त्यो बेला संसद्‌मा कुनै प्रकारको अवरोध थिएन। एक दिन पनि संसद्‌ अवरुद्ध भएको थिएन। संसद्‌ सहज ढंगले चलिरहेको थियो। सरकार र संसद्‌ सहज ढंगले चलिरहेको अवस्थामा संसद्‌ विघटन गर्नुभयो। त्यस्तो अवस्थामा अनावश्यक ढंगले संसद्‌ विघटन गर्नु संविधान विपरीत भयो भन्ने कुरा हो।

Ncell 2
Ncell 2
nimb
nimb

अहिले १०/११ महिनादेखि संसद्‌ अवरुद्ध भइसक्यो। संसद्‌ अवरुद्धको कल्पना संविधानले गरेको छैन। संविधानभन्दा बाहिरको विषयले समस्या सिर्जना भयो। संविधानभन्दा बाहिरको समस्या सिर्जना भएको अवस्थामा राजनीतिक दलहरुबीच छलफल गरेर निकास खोज्ने हो। राजनीतिक दलहरुबीच सहमति भए संविधान नै त परिमार्जन हुन्छ। राष्ट्रिय सहमति भए ५ वर्षीय संसद्‌ चुनाव अगाडि हुनै सक्दैन भन्ने हुँदैन। त्यसैले राष्ट्रिय सहमति हुन्छ कि हुँदैन भन्ने मुख्य कुरा हो। यसमा राष्ट्रिय सहमति हुन्छ कि भनेर विकल्पको रुपमा प्रस्ताव गरिएको हो।

स्थानीय चुनाव आफ्नो कार्यतालिका अनुसार हुने छँदैछ। त्यसमा कुनै समस्याको विषय भएन। स्थानीय चुनाव गरेर संसद्‌को अवरोध खुल्दैन। राष्ट्रिय समस्याको सम्बोधन हुँदैन। अहिले प्रमुख समस्या भनेको संसद्‌ अवरुद्ध भएर डेडलक भएको विषय हो। त्यही समस्याले सर्वोच्च अदालतमा समस्या छ। त्यही समस्याले संवैधानिक अंगहरु डेटलक भएका छन्। हुँदाहुँदा राज्यका सबै अंगहरु डेटलक हुने अवस्थामा जान थालिसकेका छन्।

संवैधानिक र कानुनी रुपमा स्थानीय चुनाव गराउनुपर्नेमा त्यतातिर नगएर चुनावको ध्यान अर्कोतिर मोड्न संघीय चुनावको कुरा गरिएको भनेर एमालेले आरोप लगाएको छ नि?
एमाले संविधानलाई नै फेल गराउने दिशातिर लागेको छ। उनीहरु संविधान डयामेज भएको कुरा रमिते भएर हेर्न चाहन्छन्। संविधान जति ड्यामेज हुने दिशातिर जान्छ त्यति उनीहरुलाई आनन्द हुन्छन्। किन कि उनीहरुलाई यो प्रणालीसंग कुनै माया नै छैन।  स्थानीय चुनावले राष्ट्रिय समस्या हुने कुरा भएन। त्यो संविधान अनुसार आफ्नो सेड्युलअनुसार चुनाव हुन्छ।

तर, स्थानीय तहको चुनाव वैशाखमै गर्नुपर्छ, नभए संवैधानिक र कानुनी जटिलता आउँछन् भन्ने पनि विज्ञहरुको भनाइ छ नि?
वैशाखमा स्थानीय चुनाव गरेर राष्ट्रिय समस्या हुँदैन नि! संसद्‌मा भइरहेको समस्या समाधान हुँदैन। कि एमालेले स्थानीय चुनावमा गएपछि संसद्‌ खुलाउँछौ भन्नु पर्‍यो। स्थानीय चुनावको मिति तोक हामी संसद्‌ खुलाउन सहमत छौं भन्नु पर्‍यो एमालेले। त्यो गर्ने एमालेमा साहस छैन। प्रधानमन्त्रीजी नै केपी जीको निवासमा गएर छलफल गर्दापनि टसको मस भएका छैनन्। 

Xtrem

Xtrem

स्थानीय चुनाव गर्नु समस्याको समाधान होइन। यदी संघको चुनाव गर्नेतिर सहमति भएन भने यो संविधान डेटलक हुन्छ। संविधान सकिनु भनेको डेमोक्रेसी सकिनु हो। डेमोक्रेसी सकिनु भनेको राष्ट्रिय अस्मिता नै सकिनु हो भन्ने लाग्छ।

प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७८  १५:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग
कांग्रेसको घोषणा : शहीद र द्वन्द्वपीडित परिवारका लागि १० करोडको अक्षय कोष
यस्तो छ गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग सोमबार, असोज १९, २०८३
कांग्रेसको घोषणा : शहीद र द्वन्द्वपीडित परिवारका लागि १० करोडको अक्षय कोष सोमबार, असोज १९, २०८३
यस्तो छ गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठ) सोमबार, असोज १९, २०८३
चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौं : प्रधानमन्त्री शाह सोमबार, असोज १९, २०८३
शालिक गौतमले गरे युरोप क्लस्टरको कांग्रेस केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ ! आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्