Vianet Content Block Ad new Vianet Content Block Ad new
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, मंसिर ११, २०८२ Thu, Nov 27, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

एमाले संसद् अवरोध हटाउन तयार हुन्छ भने वैशाखमा स्थानीय निर्वाचन गर्न सकिन्छ : देव गुरुङ [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ शुक्रबार, माघ ७, २०७८  १५:०९
1140x725

२/२ पटक विघटनको मार खेपेर सर्वोच्चको फैसलापछि पुन:स्थापना भएको संसद्‌ (प्रतिनिधि सभा) सहज ढंगले चल्न सकेको छैन। पछिल्लोपटक गत असार २८ गतेको सर्वोच्च अदालतको फैसलापछि ब्यूँतिएको प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको निरन्तरजसो अवरोध रहँदै आएको छ।   

सत्तापक्षीय गठबन्धन र सरकारले संसद्‌ सहज ढंगले सञ्चालनका लागि प्रतिपक्षी दल एमालेसँग वार्ता गरेको बताउँदै आएको छ। जति वार्ता गरेपनि एमालेले संसद्‌ चल्न नदिने अडान लिएको भन्दै गठबन्धनमा नयाँ प्रस्ताव आएको छ– अहिलेको संसद्‌ विघटन गरेर वैशाखमा प्रतिनिधि सभाको निर्वाचन गर्ने। सत्तारुढ गठबन्धनको एक घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले गठबन्धनमा यस्तो प्रस्ताव अगाडि सारेका हुन्। 

प्रचण्डको प्रस्तावपछि राजनीतिक 'बजार'मा नयाँ बहस हुन थालेको छ– वैशाखमा स्थानीय तहको चुनाव गर्ने कि प्रतिनिधि सभाको। सत्ता गठबन्धनकै केही दल र नेताहरु कानुनअनुसार वैशाखमा स्थानीय तहको चुनाव गर्नुपर्ने पक्षमा छन्। अर्काथरी नेताहरु पनि छन्– जसले प्रचण्डको प्रस्तावको खुलेर समर्थन गर्न सकेका छैनन्, तर वैशाखमा प्रतिनिधि सभाको चुनाव गर्न असंवैधानिक नहुने बताइरहेका छन्। 

नेकपा माओवादी केन्द्रका नेता देव गुरुङ वैशाखमा प्रतिनिधि सभाको चुनाव गर्ने विषय 'बाध्यकारी संवैधानिक विकल्प' भन्छन्। एमालेले संसद्‌ चल्न नदिने भएपछि वैशाखमा प्रतिनिधि सभाको चुनाव गर्ने र नयाँ संसद्‌ले नयाँ संघीय सरकार बनाएपछि त्यही सरकारले स्थानीय तह र अरु निर्वाचन गर्ने भन्ने 'सकारात्मक उद्देश्य'का साथ प्रचण्डले यस्तो प्रस्ताव अगाडि सारेको गुरुङको दाबी छ। प्रचण्डले अगाडि सारेको नयाँ प्रस्ताव, स्थानीय तहको चुनाव र अहिलेको राजनीतिक घटनाक्रमबारे नेपाल लाइभका लागि वीरेन्द्र ओलीले नेता गुरुङसँग गरेको कुराकानी:   

तपाईंको पार्टीका अध्यक्ष प्रचण्डले स्थानीय तहको चुनाव गरौं भन्नु पर्नेमा त्योभन्दा अगाडि प्रतिनिधि सभाको चुनाव गरौं भन्ने अवस्था किन, कसरी आयो? 
सर्वोच्च अदालतले पहिलोपटक संसद्‌ पुन:स्थापना गरेदेखि त्यतिबेला सत्ता पक्षको रुपमा र अहिले प्रमुख प्रतिपक्षीको रुपमा एमालेले राम्रोसँग संसद्‌ चल्न दिएन। यो क्रम चलेको त १ वर्ष हुन लाग्यो। 

संसद्‌को अवरोध खुलाउन नेताहरुले दशौंपटक एमालेसँग संवाद गरेर प्रयास गर्नुभयो। संसद्‌ खुलाउन एमालेले मानेको छैन। सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई संसद्‌‌मा उठाएको छ। त्यो संसद्‌मा उठाएर हल हुने कुरा हुँदै होइन। एमालेले संसद्‌ अवरुद्ध गरेको गर्‍यै छ। यो प्रणालीलाई नै ड्यामेज गर्न खोजेको देखिन्छ। यो संसद्‌‌को कार्यकाल अझै १०/११ महिना बाँकी छ। त्यो समयसम्म संसद्‌ अवरुद्ध गर्ने खालको उनीहरुको छाँटकाट देखिन्छ। निकासविहीन र अन्त्यविहीन तरिकाको डेट लक हुने देखिन्छ। 

अब आगामी वैशाखदेखि चुनाव वर्ष पनि सुरु हुने भइसक्यो। हामीले अर्को वर्ष चुनावै गर्नै पर्ने छ। त्यस्तो अवस्थामा अहिलेको संसद्‌‌को गतिरोध हटाउन संघीय चुनाव हुन्छ कि भन्ने विकल्पको रुपमा अघि सारिएको हो।

तत्कालीन प्रधानमन्त्री केपी ओलीले संसद्‌ विघटन गरेर मध्यावधी घोषणा गर्दा 'यो संसद्‌‌को आयु एक दिन हुँदा पनि चल्नुपर्छ' भनेर तपाईंहरुले नै भन्नुहुन्थ्यो। तपाईंहरु पनि फेरि केपी ओलीकै बाटोमा लाग्नुभयो नि त?
केपी जीले २/२ पटक संसद्‌ विघटन गर्नुभयो। त्यो बेला संसद्‌मा कुनै प्रकारको अवरोध थिएन। एक दिन पनि संसद्‌ अवरुद्ध भएको थिएन। संसद्‌ सहज ढंगले चलिरहेको थियो। सरकार र संसद्‌ सहज ढंगले चलिरहेको अवस्थामा संसद्‌ विघटन गर्नुभयो। त्यस्तो अवस्थामा अनावश्यक ढंगले संसद्‌ विघटन गर्नु संविधान विपरीत भयो भन्ने कुरा हो।

Ncell 2
Ncell 2

अहिले १०/११ महिनादेखि संसद्‌ अवरुद्ध भइसक्यो। संसद्‌ अवरुद्धको कल्पना संविधानले गरेको छैन। संविधानभन्दा बाहिरको विषयले समस्या सिर्जना भयो। संविधानभन्दा बाहिरको समस्या सिर्जना भएको अवस्थामा राजनीतिक दलहरुबीच छलफल गरेर निकास खोज्ने हो। राजनीतिक दलहरुबीच सहमति भए संविधान नै त परिमार्जन हुन्छ। राष्ट्रिय सहमति भए ५ वर्षीय संसद्‌ चुनाव अगाडि हुनै सक्दैन भन्ने हुँदैन। त्यसैले राष्ट्रिय सहमति हुन्छ कि हुँदैन भन्ने मुख्य कुरा हो। यसमा राष्ट्रिय सहमति हुन्छ कि भनेर विकल्पको रुपमा प्रस्ताव गरिएको हो।

स्थानीय चुनाव आफ्नो कार्यतालिका अनुसार हुने छँदैछ। त्यसमा कुनै समस्याको विषय भएन। स्थानीय चुनाव गरेर संसद्‌को अवरोध खुल्दैन। राष्ट्रिय समस्याको सम्बोधन हुँदैन। अहिले प्रमुख समस्या भनेको संसद्‌ अवरुद्ध भएर डेडलक भएको विषय हो। त्यही समस्याले सर्वोच्च अदालतमा समस्या छ। त्यही समस्याले संवैधानिक अंगहरु डेटलक भएका छन्। हुँदाहुँदा राज्यका सबै अंगहरु डेटलक हुने अवस्थामा जान थालिसकेका छन्।

संवैधानिक र कानुनी रुपमा स्थानीय चुनाव गराउनुपर्नेमा त्यतातिर नगएर चुनावको ध्यान अर्कोतिर मोड्न संघीय चुनावको कुरा गरिएको भनेर एमालेले आरोप लगाएको छ नि?
एमाले संविधानलाई नै फेल गराउने दिशातिर लागेको छ। उनीहरु संविधान डयामेज भएको कुरा रमिते भएर हेर्न चाहन्छन्। संविधान जति ड्यामेज हुने दिशातिर जान्छ त्यति उनीहरुलाई आनन्द हुन्छन्। किन कि उनीहरुलाई यो प्रणालीसंग कुनै माया नै छैन।  स्थानीय चुनावले राष्ट्रिय समस्या हुने कुरा भएन। त्यो संविधान अनुसार आफ्नो सेड्युलअनुसार चुनाव हुन्छ।

तर, स्थानीय तहको चुनाव वैशाखमै गर्नुपर्छ, नभए संवैधानिक र कानुनी जटिलता आउँछन् भन्ने पनि विज्ञहरुको भनाइ छ नि?
वैशाखमा स्थानीय चुनाव गरेर राष्ट्रिय समस्या हुँदैन नि! संसद्‌मा भइरहेको समस्या समाधान हुँदैन। कि एमालेले स्थानीय चुनावमा गएपछि संसद्‌ खुलाउँछौ भन्नु पर्‍यो। स्थानीय चुनावको मिति तोक हामी संसद्‌ खुलाउन सहमत छौं भन्नु पर्‍यो एमालेले। त्यो गर्ने एमालेमा साहस छैन। प्रधानमन्त्रीजी नै केपी जीको निवासमा गएर छलफल गर्दापनि टसको मस भएका छैनन्। 

स्थानीय चुनाव गर्नु समस्याको समाधान होइन। यदी संघको चुनाव गर्नेतिर सहमति भएन भने यो संविधान डेटलक हुन्छ। संविधान सकिनु भनेको डेमोक्रेसी सकिनु हो। डेमोक्रेसी सकिनु भनेको राष्ट्रिय अस्मिता नै सकिनु हो भन्ने लाग्छ।

प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७८  १५:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रवि र छविको मुद्दामा आज पुनः पेशी
सुनको भाउ घट्यो
हङकङको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४ जनाको मृत्यु
सम्बन्धित सामग्री
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
ताजा समाचारसबै
आजदेखि एक सय रुपैयाँको नयाँ नोट चलनचल्तीमा, के के छन् विशेषता ? बिहीबार, मंसिर ११, २०८२
रवि र छविको मुद्दामा आज पुनः पेशी बिहीबार, मंसिर ११, २०८२
सुनको भाउ घट्यो बिहीबार, मंसिर ११, २०८२
हङकङको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४ जनाको मृत्यु बिहीबार, मंसिर ११, २०८२
कालोसूचीमा राख्नुअघि सरकारले सोध्यो १४ कम्पनीलाई सात दिने स्पष्टीकरण बिहीबार, मंसिर ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपाले ७ वटै प्रदेश इन्चार्जलाई जिम्मेवारीबाट हटायो बुधबार, मंसिर १०, २०८२
आलोचनासँगै प्रधानमन्त्रीको सचिवालय २० बाट घटाएर अब जम्मा ६ जनामा सीमित बुधबार, मंसिर १०, २०८२
सर्वोच्च जलाएको आरोपमा ल क्याम्पसका पूर्वस्ववियू सभापति ढुंगेल पक्राउ बुधबार, मंसिर १०, २०८२
एनपीएल-२ : विराटनगरको पहिलो हार, रञ्जितले लिए पाँच विकेट बुधबार, मंसिर १०, २०८२
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएर साढे ९ हजार बनाइयो बुधबार, मंसिर १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल इंग्ल्यान्डसँग मंगलबार, मंसिर ९, २०८२
रास्वपाले ७ वटै प्रदेश इन्चार्जलाई जिम्मेवारीबाट हटायो बुधबार, मंसिर १०, २०८२
अमेरिकाबाट डिपोर्ट भएका थप ३५ नेपाली काठमाडौं फर्किए बिहीबार, मंसिर ४, २०८२
सुमनराज अर्याल मुख्यसचिव नियुक्त सोमबार, मंसिर ८, २०८२
आलोचनासँगै प्रधानमन्त्रीको सचिवालय २० बाट घटाएर अब जम्मा ६ जनामा सीमित बुधबार, मंसिर १०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्