• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
राष्ट्रिय सभा निर्वाचन

सातै प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवारहरु सहज स्थितिमा [मतदाता संख्या, मत र सम्भावित नतिजासहित]

64x64
किशोर दहाल शनिबार, माघ ८, २०७८  १८:५१
1140x725

काठमाडौं- अबको चार दिनपछि, माघ १२ गते हुँदै गरेको राष्ट्रिय सभा निर्वाचनमा ४३ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। राष्ट्रिय सभाका १९ सदस्यका लागि हुँदै गरेको निर्वाचनमा दुई पक्षीय गठबन्धन बनेको छ। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) नेपाल र राष्ट्रिय जनमोर्चा (राजमो)ले देशैभर गठबन्धन गरेर साझा उम्मेदवार तयार गरेका छन्। त्यस्तै, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले भने मधेस प्रदेशका लागि मात्रै गठबन्धन गरेका छन्।

राष्ट्रिय सभामा स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख तथा प्रदेश सभाका सदस्यहरु मतदाता हुन्छन्। सम्बन्धित प्रदेशका ती पदाधिकारीले सोही प्रदेशबाट उम्मेदवार भएकाहरुलाई मत दिनेछन्। स्थानीय तहका प्रत्येकको मतभार १८ र प्रदेश सभा सदस्यको मतभार ४८ हुने व्यवस्था छ। त्यसैले प्रत्येक प्रदेशमा सम्बन्धित दलका स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख, उपप्रमुख र प्रदेश सभा सदस्य कति छन्, सोही अनुसार मत खस्ने भएकाले राष्ट्रिय सभाको चुनावी नतिजा लगभग प्रष्ट नै हुने गर्छ।

सातवटै प्रदेशमा स्थानीय तहका पदाधिकारी र प्रदेश सभा सदस्यहरुको संख्या हेर्दा सत्ता गठबन्धन (कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राजमो)का उम्मेदवारहरुलाई नतिजा निकाल्न सहज हुने देखिन्छ। प्रदेश १ मा बाहेक सत्ता गठबन्धनसँग स्पष्ट बहुमत छ।

प्रदेश १
प्रदेश १ मा राष्ट्रिय सभाको महिला, अपांगता/अल्पसंख्यक र अन्य क्लस्टरका एक-एक जना गरी तीन पदका लागि निर्वाचन हुँदैछ। त्यहाँ गठबन्धनका तर्फबाट साझा उम्मेदवारको अतिरिक्त एमाले र राप्रपाले आफ्ना उम्मेदवार उठाएका छन्।

महिलातर्फ राप्रपाकी रञ्जु प्याकुरेल, नेकपा एकीकृत समाजवादीकी जयन्ती देवी राई, नेकपा एमालेकी सुमित्रा सुवेदी भण्डारी प्रतिस्पर्धामा छन्। त्यस्तै, अपांगता/अल्पसंख्यकतर्फ जसपाका हेमराज राई र एमालेका सोनाम गोल्जेन शेर्पा प्रतिस्पर्धामा छन्। अन्यतर्फ कांग्रेसका गोपालकुमार बस्नेत, एमालेका गुरु प्रसाद बराल र राप्रपाका अमर बहादुर विष्ट प्रतिस्पर्धामा छन्।

यहाँ मुख्यगरी एमाले र सत्ता गठबन्धनका उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ।

यो प्रदेशमा स्थानीय तहका पदाधिकारी (अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख) र प्रदेश सभा गरी ३६४ जना मतदाता छन्। उनीहरुको मत भने ९३१२ छ। यही मतमध्ये बढी मत ल्याउने प्रत्येक क्लस्टरका उम्मेदवार नै विजयी हुनेछन्।

Ncell 2
Ncell 2
nimb
nimb

स्थानीय तहका १४१ र प्रदेश सभाका ४१ गरी प्रदेश १ मा एमालेका १८२ मतदाता छन्। स्थानीय तहका प्रतिमतदाता मतभार १८ र प्रदेश सभाका सदस्यको प्रतिमतदाता मतभार ४८ का दरले हिसाब गर्दा एमालेको कुल मत ४५०६ हुन आउँछ।

अर्कोतर्फ, सत्ता गठबन्धन (कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा)सँग स्थानीय तहका पदाधिकारी १२७ जना छन्। त्यस्तै, प्रदेश सभामा ४९ जना सदस्य छन्। त्यसैले यो गठबन्धनसँग कुल ४६३८ मत छ।

एमाले र सत्ता गठबन्धनको मात्रै हिसाबमा गठबन्धनसँग बहुमत देखिन्छ। तर, यो प्रदेशमा राप्रपासँग १२० मत र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग ४८ मत छ। एमालेले राप्रपा र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको साथ लिन सकेमा उसले बहुमत जुटाउन सक्छ। तर दुई मध्ये एक दलले मात्रै साथ नदिएमा उसले बहुमत जुटाउन सक्दैन।

मधेश प्रदेश
मधेश प्रदेशमा राष्ट्रिय सभाको अन्य र महिला क्लस्टर अन्तर्गत निर्वाचन हुन गइरहेको छ। अन्यतर्फ एक पदका लागि दुई जना र महिलातर्फ एक पदका लागि तीन जना प्रतिस्पर्धामा थिए। अन्यतर्फ जसपाका महमद खालिद र एमालेका उसमान अन्सारी प्रतिस्पर्धी छन्। 

त्यस्तै, महिलातर्फ माओवादी केन्द्रकी उर्मिला अर्याल, लोसपा नेपालकी रुपा कुमारी यादव र नेकपा एमालेकी बिना देवीले उम्मेदवारी दर्ता गराएका थिए। एमाले र लोसपाबीच गठबन्धन बनेसँगै एमालेले लोसपाकी रुपा कुमारी यादवलाई तथा लोसपाले एमालेका उसमान अन्सारीलाई सघाउने भएपछि बिना देवीको उम्मेदवारीको अर्थ सकिएको छ। अब यो क्लस्टर अन्तर्गत माओवादी केन्द्रकी अर्याल र लोसपाकी यादवबीच प्रतिस्पर्धा हुनेछ।

मधेश प्रदेशमा सत्ता गठबन्धन पनि छ। गठबन्धनमा आबद्धमध्ये नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी, नेपालका मतदाताले आफ्नो उम्मेदवारलाई मत हाल्नेछन्। गठबन्धनमा आबद्ध राष्ट्रिय जनमोर्चाको प्रतिनिधित्व भने मधेश प्रदेशमा छैन।

मधेश प्रदेश अन्तर्गत स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख, उपप्रमुख गरी २६८ मतदाता छन्। त्यस्तै, मधेश प्रदेश सभाका १०४ मतदाता छन्। उनीहरुको कुल मतभार ९८१६ छ। यही ९८१६ मा बहुमत ल्याउन सक्ने दुई क्लस्टरका उम्मेदवारले नै जित निकाल्न सक्छन्।

सुरुमा गठबन्धन गरेका एमाले र लोसपा नेपालको मतभार हेरौं। मधेश प्रदेशका स्थानीय तहहरुमा एमालेका २९ र लोसपा नेपालका ४२ मतदाता छन्। प्रतिमतदाताको मतभार १८ का दरले स्थानीय तहबाट उनीहरुको मत १२७८ हुन्छ। त्यस्तै, प्रदेश सभामा एमालेका ८ र लोसपा नेपालका १६ सदस्य छन्। प्रतिमतदाताको मतभार ४८ का दरले उनीहरुको मत ११५२ हुन्छ। दुवैतिर (स्थानीय तहका पदाधिकारी र प्रदेश सभा सदस्य) को मत जोड्दा एमाले र लोसपा नेपालको गठबन्धनसँग २४३० मत हुन्छ।

यही प्रदेश अन्तर्गतको महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष विक्रम चौधरी तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट विजयी भएका थिए। उनको पक्षधरता स्पष्ट छैन। उनले एमाले गठबन्धनलाई मत दिए भने सो गठबन्धनसँग २४४८ मत हुन्छ।

अर्कोतिर, सत्ता गठबन्धनका दलहरु नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जसपा, नेपालसँग स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख, उपप्रमुख गरी कुल १९५ मतदाता छन्। प्रतिमतदाता १८ मतभारका दरले ३५१० मत हुन्छ। प्रदेश सभामा पनि उनीहरुसँग ७९ मतदाता छन्। प्रतिमतदाता ४८ का दरले उनीहरुसँग ३७९२ मत हुन्छ। दुवैतिर (स्थानीय तहका पदाधिकारी र प्रदेश सभा सदस्य) को मत जोड्दा सत्ता गठबन्धनसँग ७३०२ मत हुन्छ।

यसरी मधेश प्रदेशमा एमाले र लोसपा गठबन्धनभन्दा सत्ता गठबन्धनसँग तेब्बरभन्दा बढी मत देखिन्छ। प्रदेशमा नेपाली जनता दलसँग १८ र नेपाल संघीय समाजवादी पार्टीसँग ४८ मत छ। तर, ती मत जितहारका लागि निर्णायक बन्न सक्दैनन्। त्यसैले सत्ता गठबन्धनका उम्मेदवारको जित निश्चितप्रायः छ।

बागमती प्रदेश
बागमती प्रदेशमा महिला र अन्य क्लस्टर अन्तर्गत एक-एक जनाको लागि निर्वाचन हुँदैछ। महिला अन्तर्गत एक जनाको लागि तीन र अन्य अन्तर्गत एक जनाको लागि तीन जना प्रतिस्पर्धामा उत्रिएका छन्।

महिलातर्फ नेमकिपाकी गीता काफ्ले, एकीकृत समाजवादीकी गोमादेवी तिमिल्सिना र एमालेकी निरकुमारी कुँवर प्रतिस्पर्धामा उत्रिएका छन्। त्यस्तै, अन्यतर्फ, नेमकिपाका कृष्णबहादुर तामाङ, कांग्रेसका कृष्णप्रसाद पौडेल र एमालेका गोपाल शाक्य प्रतिस्पर्धामा उत्रिएका छन्।

यो प्रदेशमा पनि एमाले र गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुनेछ।

यो प्रदेशमा स्थानीय तहका पदाधिकारी (अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख) र प्रदेश सभा गरी ३४६ जना मतदाता छन्। उनीहरुको मत भने ९४९८ छ। यही मतमध्ये बढी मत ल्याउने प्रत्येक क्लस्टरका उम्मेदवार नै विजयी हुनेछन्।

स्थानीय तहका ११५ पदाधिकारी र प्रदेश सभाका ४३ सदस्य गरी बागमती प्रदेशमा एमालेका १५८ मतदाता छन्। उनीहरुको कुल मत भने ४१३४ छ। 

अर्कोतर्फ, सत्ता गठबन्धन (कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा) सँग स्थानीय तहका पदाधिकारी ११८ जना छन्। त्यस्तै, प्रदेश सभामा ५९ जना सदस्य छन्। त्यसैले यो गठबन्धनसँग कुल ४९५६ मत छ। कुल मत मध्ये गठबन्धन आबद्ध दलहरुसँग रहेको मत बहुमत हो। त्यसैले गठबन्धन आबद्ध दलका उम्मेदवार नै विजयी हुने देखिन्छ।

प्रदेशमा रहेका राप्रपा, नेमकिपा र विवेकशील साझा पार्टी यहाँ निर्णायक देखिँदैनन्। उनीहरुले जसलाई मत दिए पनि परिणाममा फरक पर्दैन।

गण्डकी प्रदेश
गण्डकी प्रदेशमा राष्ट्रिय सभाको महिला, दलित र अन्य क्लस्टरका एक-एक जना गरी तीन पदका लागि निर्वाचन हुँदैछ। गठबन्धनको तर्फबाट साझा उम्मेदवार र एमालेका उम्मेदवारहरु प्रतिस्पर्धामा छन्।

महिलातर्फ कांग्रेसकी कमला पन्त र एमालेकी लिला पोखरेल थनेत, दलिततर्फ माओवादी केन्द्रका भुवनबहादुर सुनार र एमालेका अर्जुनकुमार सुनाम तथा अन्यतर्फ माओवादी केन्द्रका सुरेश आलेमगर र एमालेका पुण्यप्रसाद पौड्याल प्रतिस्पर्धामा छन्।

यो प्रदेशमा स्थानीय तहका पदाधिकारी (अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख) र प्रदेश सभा सदस्य गरी २२९ जना मतदाता छन्। उनीहरुको मत भने ५८९२ छ। यही मतमध्ये बढी मत ल्याउने प्रत्येक क्लस्टरका उम्मेदवार नै विजयी हुनेछन्।

स्थानीय तहका ६९ र प्रदेश सभाका २७ गरी गण्डकी प्रदेशमा एमालेका ९६ मतदाता छन्। स्थानीय तहका प्रतिमतदाता मतभार १८ र प्रदेश सभाका सदस्यको प्रतिमतदाता मतभार ४८ का दरले हिसाब गर्दा एमालेको कुल मत २५३८ हुन आउँछ।

अर्कोतर्फ, सत्ता गठबन्धन (कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राजमो) सँग स्थानीय तहका पदाधिकारी ९७ जना छन्। त्यस्तै, प्रदेश सभामा ३१ जना सदस्य छन्। त्यसैले यो गठबन्धनसँग कुल ३२३४ मत छ। स्वतन्त्र सांसद् राजीव गुरुङ पनि सत्ता गठबन्धनसँग निकट भएकाले थप ४८ मत बढ्न सक्छ। यसरी कुल मतमध्ये गठबन्धनसँग स्पष्ट बहुमत देखिन्छ। त्यसैले गठबन्धन आबद्ध दलहरुका उम्मेदवार नै विजयी बन्ने देखिन्छ।

लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशमा राष्ट्रिय सभाको महिला, दलित र अन्य क्लस्टरका एक-एक जना गरी तीन पदका लागि निर्वाचन हुँदैछ। गठबन्धनको तर्फबाट साझा उम्मेदवारको अतिरिक्त एमालेले आफ्ना उम्मेदवार उठाएका छन्।

महिलातर्फ एमालेकी भारती उपाध्याय खनाल र नेकपा एकीकृत समाजवादीकी राजेन्द्र लक्ष्मी गैरे, दलिततर्फ एमालेका कृष्णबहादुर सुनार र राजमोका तुलप्रसाद विश्वकर्मा तथा अन्यतर्फ एमालेका रामदयाल गुप्ता र कांग्रेसका युवराज शर्मा प्रतिस्पर्धामा छन्। 

यो प्रदेशमा स्थानीय तहका पदाधिकारी (अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख) र प्रदेश सभा सदस्य गरी २९६ जना मतदाता छन्। उनीहरुको मत भने ७७५८ छ। यही मतमध्ये बढी मत ल्याउने प्रत्येक क्लस्टरका उम्मेदवार नै विजयी हुनेछन्।

स्थानीय तहका ८५ र प्रदेश सभाका ३६ गरी लुम्बिनी प्रदेशमा एमालेका १२१ जना मतदाता छन्। यहाँ सूर्य चिह्नबाट निर्वाचित भएका हृदयश त्रिपाठी समूहका धर्मलाल श्रीवास्तवलाई एमालेमै जोडिएको छ। तर, सत्ता गठबन्धन निकट भएका कारण अजय शाहीलाई भने जोडिएको छैन। त्यसैले एमालेले १२१ मतदाताबाट ३२५८ मत पाउने देखिन्छ।

अर्कोतर्फ, सत्ता गठबन्धन (कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राजमो) सँग स्थानीय तहका पदाधिकारी १२३ जना छन्। त्यस्तै, प्रदेश सभामा ४५ जना (अजय शाही सहित) सदस्य छन्। त्यसैले यो गठबन्धनसँग कुल ४३७४ मत छ। यसरी, यो प्रदेशमा पनि गठबन्धनका उम्मेदवारहरु सहज बहुमतमा देखिन्छन्।

कर्णाली प्रदेश
कर्णाली प्रदेशमा महिला, अपांगता/अल्पसंख्यक र अन्य क्लस्टरका एक-एक जना गरी तीन पदका लागि निर्वाचन हुँदैछ। गठबन्धनको तर्फबाट साझा उम्मेदवार र एमालेले उम्मेदवारहरु उठाएका छन्।

महिलातर्फ कांग्रेसकी दुर्गा गुरुङ र एमालेकी गंगा थापा (महत), अपांगता/अल्पसंख्यकतर्फ माओवादी केन्द्रका नरबहादुर विष्ट र एमालेका पदमबहादुर माझी तथा अन्यतर्फ एमालेका चुडामणि शर्मा र एकीकृत समाजवादीका उदयबहादुर बोहरा प्रतिस्पर्धामा छन्।

यो प्रदेशमा स्थानीय तहका पदाधिकारी (अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख) र प्रदेश सभा गरी १९० जना मतदाता छन्। उनीहरुको मत भने ४४७० छ। यही मतमध्ये बढी मत ल्याउने प्रत्येक क्लस्टरका उम्मेदवार नै विजयी हुनेछन्।

स्थानीय तहका ४७ र प्रदेश सभाका १३ गरी कर्णाली प्रदेशमा एमालेका ६० मतदाता छन्। स्थानीय तहका प्रतिमतदाता मतभार १८ र प्रदेश सभाका सदस्यको प्रतिमतदाता मतभार ४८ का दरले हिसाब गर्दा एमालेको कुल मत १४७० हुन आउँछ।

अर्कोतर्फ, सत्ता गठबन्धन (कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी) सँग स्थानीय तहका पदाधिकारी १०० जना छन्। त्यस्तै, प्रदेश सभामा २१ जना सदस्य छन्। त्यसैले यो गठबन्धनसँग कुल २८०८ मत छ। यो भनेको कुल मतको बहुमत हो। त्यसैले गठबन्धन आबद्ध दलका उम्मेदवारहरुले जीत निश्चित जस्तै छ।

सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेशमा महिला, दलित र अन्य क्लस्टरका एक-एक जना गरी तीन पदका लागि निर्वाचन हुँदैछ। गठबन्धनको तर्फबाट साझा उम्मेदवार र एमालेका उम्मेदवारहरुबीच प्रतिस्पर्धा हुनेछ।

महिलातर्फ एमालेकी सन्तोषीकुमारी शर्मा (थापा) र एकीकृत समाजवादीकी मदनकुमारी शाह (गरिमा), दलिततर्फ एमालेका नरेशकुमार विश्वकर्मा र माओवादी केन्द्रका जगतबहादुर पार्की तथा अन्यतर्फ एमालेका डिल्लाराम भट्ट र कांग्रेसका नारायणदत्त मिश्रबीच प्रतिस्पर्धा हुनेछ।

यो प्रदेशमा स्थानीय तहका पदाधिकारी (अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख) र प्रदेश सभा गरी २२७ जना मतदाता छन्। उनीहरुको मत भने ५६४६ छ। यही मतमध्ये बढी मत ल्याउने प्रत्येक क्लस्टरका उम्मेदवार नै विजयी हुनेछन्।

स्थानीय तहका ७१ र प्रदेश सभाका ११ गरी सुदूरपश्चिम प्रदेशमा एमालेका ८२ मतदाता छन्। स्थानीय तहका प्रतिमतदाता मतभार १८ र प्रदेश सभाका सदस्यको मतभार प्रतिमतदाता ४८ का दरले हिसाब गर्दा एमालेको कुल मत १८०६ हुन आउँछ।

अर्कोतर्फ, सत्ता गठबन्धन (कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा) सँग स्थानीय तहका पदाधिकारी १०४ जना छन्। त्यस्तै, प्रदेश सभामा ४० जना सदस्य छन्। त्यसैले यो गठबन्धनसँग कुल ३७९२ मत छ। गठबन्धनसँग रहेको मत कुल मतको उच्च बहुमत हो। त्यसैले गठबन्धनका उम्मेदवारहरुले जित्ने निश्चितप्रायः छ।

स्थानीय तहका मतदाताहरु। प्रत्येक मतदाताको मतभार १८ हुन्छ।

प्रदेश सभाका सदस्यहरु। प्रत्येक मतदाताको मतभार ४८ हुन्छ।

राष्ट्रिय सभाका उम्मेदवारहरुः

प्रकाशित मिति: शनिबार, माघ ८, २०७८  १८:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण गत भदौ १० गतेबाट निरन्तर साँझमा दैनिक विवरण निजी फेसबुक अकाउन्टबाट सार्वजनिक गर्दै आएका बालेनले गत भदौ १८ गतेसम्ममात्र नियमित पोष्ट... सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण कांग्रेस केन्द्रीय कार्यसमितिले सोमबार जारी गरेको विज्ञप्तिअनुसार असोज ५ गतेसम्म ६३ जिल्लाका वडा अधिवेशन सम्पन्न भएका हुन् । असोज ३... सोमबार, असोज ५, २०८३
अब जोखिम नभएसम्म पक्राउ परेकालाई हत्कडी नलगाउन सर्वोच्चको आदेश न्यायाधीश डा. नहकुल सुवेदी र शान्तिसिंह थापाको इजलासले पक्राउ परेका व्यक्ति भाग्ने जोखिममा रहेको, हिंसात्मक व्यवहार गरेको वा आफू तथा... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सहकारीमा राष्ट्र बैंकको निगरानी, १२ संस्थाको निरीक्षणमा भेटिए यस्ता कमजोरी सोमबार, असोज ५, २०८३
बसमा आगलागीपछि राहदानी वितरण सेवा प्रभावित सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्