• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
राष्ट्रिय सभा निर्वाचन

सातै प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवारहरु सहज स्थितिमा [मतदाता संख्या, मत र सम्भावित नतिजासहित]

64x64
किशोर दहाल शनिबार, माघ ८, २०७८  १८:५१
1140x725

काठमाडौं- अबको चार दिनपछि, माघ १२ गते हुँदै गरेको राष्ट्रिय सभा निर्वाचनमा ४३ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। राष्ट्रिय सभाका १९ सदस्यका लागि हुँदै गरेको निर्वाचनमा दुई पक्षीय गठबन्धन बनेको छ। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) नेपाल र राष्ट्रिय जनमोर्चा (राजमो)ले देशैभर गठबन्धन गरेर साझा उम्मेदवार तयार गरेका छन्। त्यस्तै, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले भने मधेस प्रदेशका लागि मात्रै गठबन्धन गरेका छन्।

राष्ट्रिय सभामा स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख तथा प्रदेश सभाका सदस्यहरु मतदाता हुन्छन्। सम्बन्धित प्रदेशका ती पदाधिकारीले सोही प्रदेशबाट उम्मेदवार भएकाहरुलाई मत दिनेछन्। स्थानीय तहका प्रत्येकको मतभार १८ र प्रदेश सभा सदस्यको मतभार ४८ हुने व्यवस्था छ। त्यसैले प्रत्येक प्रदेशमा सम्बन्धित दलका स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख, उपप्रमुख र प्रदेश सभा सदस्य कति छन्, सोही अनुसार मत खस्ने भएकाले राष्ट्रिय सभाको चुनावी नतिजा लगभग प्रष्ट नै हुने गर्छ।

सातवटै प्रदेशमा स्थानीय तहका पदाधिकारी र प्रदेश सभा सदस्यहरुको संख्या हेर्दा सत्ता गठबन्धन (कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राजमो)का उम्मेदवारहरुलाई नतिजा निकाल्न सहज हुने देखिन्छ। प्रदेश १ मा बाहेक सत्ता गठबन्धनसँग स्पष्ट बहुमत छ।

प्रदेश १
प्रदेश १ मा राष्ट्रिय सभाको महिला, अपांगता/अल्पसंख्यक र अन्य क्लस्टरका एक-एक जना गरी तीन पदका लागि निर्वाचन हुँदैछ। त्यहाँ गठबन्धनका तर्फबाट साझा उम्मेदवारको अतिरिक्त एमाले र राप्रपाले आफ्ना उम्मेदवार उठाएका छन्।

महिलातर्फ राप्रपाकी रञ्जु प्याकुरेल, नेकपा एकीकृत समाजवादीकी जयन्ती देवी राई, नेकपा एमालेकी सुमित्रा सुवेदी भण्डारी प्रतिस्पर्धामा छन्। त्यस्तै, अपांगता/अल्पसंख्यकतर्फ जसपाका हेमराज राई र एमालेका सोनाम गोल्जेन शेर्पा प्रतिस्पर्धामा छन्। अन्यतर्फ कांग्रेसका गोपालकुमार बस्नेत, एमालेका गुरु प्रसाद बराल र राप्रपाका अमर बहादुर विष्ट प्रतिस्पर्धामा छन्।

यहाँ मुख्यगरी एमाले र सत्ता गठबन्धनका उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ।

यो प्रदेशमा स्थानीय तहका पदाधिकारी (अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख) र प्रदेश सभा गरी ३६४ जना मतदाता छन्। उनीहरुको मत भने ९३१२ छ। यही मतमध्ये बढी मत ल्याउने प्रत्येक क्लस्टरका उम्मेदवार नै विजयी हुनेछन्।

Ncell 2
Ncell 2

स्थानीय तहका १४१ र प्रदेश सभाका ४१ गरी प्रदेश १ मा एमालेका १८२ मतदाता छन्। स्थानीय तहका प्रतिमतदाता मतभार १८ र प्रदेश सभाका सदस्यको प्रतिमतदाता मतभार ४८ का दरले हिसाब गर्दा एमालेको कुल मत ४५०६ हुन आउँछ।

अर्कोतर्फ, सत्ता गठबन्धन (कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा)सँग स्थानीय तहका पदाधिकारी १२७ जना छन्। त्यस्तै, प्रदेश सभामा ४९ जना सदस्य छन्। त्यसैले यो गठबन्धनसँग कुल ४६३८ मत छ।

एमाले र सत्ता गठबन्धनको मात्रै हिसाबमा गठबन्धनसँग बहुमत देखिन्छ। तर, यो प्रदेशमा राप्रपासँग १२० मत र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग ४८ मत छ। एमालेले राप्रपा र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको साथ लिन सकेमा उसले बहुमत जुटाउन सक्छ। तर दुई मध्ये एक दलले मात्रै साथ नदिएमा उसले बहुमत जुटाउन सक्दैन।

मधेश प्रदेश
मधेश प्रदेशमा राष्ट्रिय सभाको अन्य र महिला क्लस्टर अन्तर्गत निर्वाचन हुन गइरहेको छ। अन्यतर्फ एक पदका लागि दुई जना र महिलातर्फ एक पदका लागि तीन जना प्रतिस्पर्धामा थिए। अन्यतर्फ जसपाका महमद खालिद र एमालेका उसमान अन्सारी प्रतिस्पर्धी छन्। 

त्यस्तै, महिलातर्फ माओवादी केन्द्रकी उर्मिला अर्याल, लोसपा नेपालकी रुपा कुमारी यादव र नेकपा एमालेकी बिना देवीले उम्मेदवारी दर्ता गराएका थिए। एमाले र लोसपाबीच गठबन्धन बनेसँगै एमालेले लोसपाकी रुपा कुमारी यादवलाई तथा लोसपाले एमालेका उसमान अन्सारीलाई सघाउने भएपछि बिना देवीको उम्मेदवारीको अर्थ सकिएको छ। अब यो क्लस्टर अन्तर्गत माओवादी केन्द्रकी अर्याल र लोसपाकी यादवबीच प्रतिस्पर्धा हुनेछ।

मधेश प्रदेशमा सत्ता गठबन्धन पनि छ। गठबन्धनमा आबद्धमध्ये नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी, नेपालका मतदाताले आफ्नो उम्मेदवारलाई मत हाल्नेछन्। गठबन्धनमा आबद्ध राष्ट्रिय जनमोर्चाको प्रतिनिधित्व भने मधेश प्रदेशमा छैन।

मधेश प्रदेश अन्तर्गत स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख, उपप्रमुख गरी २६८ मतदाता छन्। त्यस्तै, मधेश प्रदेश सभाका १०४ मतदाता छन्। उनीहरुको कुल मतभार ९८१६ छ। यही ९८१६ मा बहुमत ल्याउन सक्ने दुई क्लस्टरका उम्मेदवारले नै जित निकाल्न सक्छन्।

सुरुमा गठबन्धन गरेका एमाले र लोसपा नेपालको मतभार हेरौं। मधेश प्रदेशका स्थानीय तहहरुमा एमालेका २९ र लोसपा नेपालका ४२ मतदाता छन्। प्रतिमतदाताको मतभार १८ का दरले स्थानीय तहबाट उनीहरुको मत १२७८ हुन्छ। त्यस्तै, प्रदेश सभामा एमालेका ८ र लोसपा नेपालका १६ सदस्य छन्। प्रतिमतदाताको मतभार ४८ का दरले उनीहरुको मत ११५२ हुन्छ। दुवैतिर (स्थानीय तहका पदाधिकारी र प्रदेश सभा सदस्य) को मत जोड्दा एमाले र लोसपा नेपालको गठबन्धनसँग २४३० मत हुन्छ।

यही प्रदेश अन्तर्गतको महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष विक्रम चौधरी तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट विजयी भएका थिए। उनको पक्षधरता स्पष्ट छैन। उनले एमाले गठबन्धनलाई मत दिए भने सो गठबन्धनसँग २४४८ मत हुन्छ।

अर्कोतिर, सत्ता गठबन्धनका दलहरु नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जसपा, नेपालसँग स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख, उपप्रमुख गरी कुल १९५ मतदाता छन्। प्रतिमतदाता १८ मतभारका दरले ३५१० मत हुन्छ। प्रदेश सभामा पनि उनीहरुसँग ७९ मतदाता छन्। प्रतिमतदाता ४८ का दरले उनीहरुसँग ३७९२ मत हुन्छ। दुवैतिर (स्थानीय तहका पदाधिकारी र प्रदेश सभा सदस्य) को मत जोड्दा सत्ता गठबन्धनसँग ७३०२ मत हुन्छ।

यसरी मधेश प्रदेशमा एमाले र लोसपा गठबन्धनभन्दा सत्ता गठबन्धनसँग तेब्बरभन्दा बढी मत देखिन्छ। प्रदेशमा नेपाली जनता दलसँग १८ र नेपाल संघीय समाजवादी पार्टीसँग ४८ मत छ। तर, ती मत जितहारका लागि निर्णायक बन्न सक्दैनन्। त्यसैले सत्ता गठबन्धनका उम्मेदवारको जित निश्चितप्रायः छ।

बागमती प्रदेश
बागमती प्रदेशमा महिला र अन्य क्लस्टर अन्तर्गत एक-एक जनाको लागि निर्वाचन हुँदैछ। महिला अन्तर्गत एक जनाको लागि तीन र अन्य अन्तर्गत एक जनाको लागि तीन जना प्रतिस्पर्धामा उत्रिएका छन्।

महिलातर्फ नेमकिपाकी गीता काफ्ले, एकीकृत समाजवादीकी गोमादेवी तिमिल्सिना र एमालेकी निरकुमारी कुँवर प्रतिस्पर्धामा उत्रिएका छन्। त्यस्तै, अन्यतर्फ, नेमकिपाका कृष्णबहादुर तामाङ, कांग्रेसका कृष्णप्रसाद पौडेल र एमालेका गोपाल शाक्य प्रतिस्पर्धामा उत्रिएका छन्।

यो प्रदेशमा पनि एमाले र गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुनेछ।

यो प्रदेशमा स्थानीय तहका पदाधिकारी (अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख) र प्रदेश सभा गरी ३४६ जना मतदाता छन्। उनीहरुको मत भने ९४९८ छ। यही मतमध्ये बढी मत ल्याउने प्रत्येक क्लस्टरका उम्मेदवार नै विजयी हुनेछन्।

स्थानीय तहका ११५ पदाधिकारी र प्रदेश सभाका ४३ सदस्य गरी बागमती प्रदेशमा एमालेका १५८ मतदाता छन्। उनीहरुको कुल मत भने ४१३४ छ। 

अर्कोतर्फ, सत्ता गठबन्धन (कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा) सँग स्थानीय तहका पदाधिकारी ११८ जना छन्। त्यस्तै, प्रदेश सभामा ५९ जना सदस्य छन्। त्यसैले यो गठबन्धनसँग कुल ४९५६ मत छ। कुल मत मध्ये गठबन्धन आबद्ध दलहरुसँग रहेको मत बहुमत हो। त्यसैले गठबन्धन आबद्ध दलका उम्मेदवार नै विजयी हुने देखिन्छ।

प्रदेशमा रहेका राप्रपा, नेमकिपा र विवेकशील साझा पार्टी यहाँ निर्णायक देखिँदैनन्। उनीहरुले जसलाई मत दिए पनि परिणाममा फरक पर्दैन।

गण्डकी प्रदेश
गण्डकी प्रदेशमा राष्ट्रिय सभाको महिला, दलित र अन्य क्लस्टरका एक-एक जना गरी तीन पदका लागि निर्वाचन हुँदैछ। गठबन्धनको तर्फबाट साझा उम्मेदवार र एमालेका उम्मेदवारहरु प्रतिस्पर्धामा छन्।

महिलातर्फ कांग्रेसकी कमला पन्त र एमालेकी लिला पोखरेल थनेत, दलिततर्फ माओवादी केन्द्रका भुवनबहादुर सुनार र एमालेका अर्जुनकुमार सुनाम तथा अन्यतर्फ माओवादी केन्द्रका सुरेश आलेमगर र एमालेका पुण्यप्रसाद पौड्याल प्रतिस्पर्धामा छन्।

यो प्रदेशमा स्थानीय तहका पदाधिकारी (अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख) र प्रदेश सभा सदस्य गरी २२९ जना मतदाता छन्। उनीहरुको मत भने ५८९२ छ। यही मतमध्ये बढी मत ल्याउने प्रत्येक क्लस्टरका उम्मेदवार नै विजयी हुनेछन्।

स्थानीय तहका ६९ र प्रदेश सभाका २७ गरी गण्डकी प्रदेशमा एमालेका ९६ मतदाता छन्। स्थानीय तहका प्रतिमतदाता मतभार १८ र प्रदेश सभाका सदस्यको प्रतिमतदाता मतभार ४८ का दरले हिसाब गर्दा एमालेको कुल मत २५३८ हुन आउँछ।

अर्कोतर्फ, सत्ता गठबन्धन (कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राजमो) सँग स्थानीय तहका पदाधिकारी ९७ जना छन्। त्यस्तै, प्रदेश सभामा ३१ जना सदस्य छन्। त्यसैले यो गठबन्धनसँग कुल ३२३४ मत छ। स्वतन्त्र सांसद् राजीव गुरुङ पनि सत्ता गठबन्धनसँग निकट भएकाले थप ४८ मत बढ्न सक्छ। यसरी कुल मतमध्ये गठबन्धनसँग स्पष्ट बहुमत देखिन्छ। त्यसैले गठबन्धन आबद्ध दलहरुका उम्मेदवार नै विजयी बन्ने देखिन्छ।

लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशमा राष्ट्रिय सभाको महिला, दलित र अन्य क्लस्टरका एक-एक जना गरी तीन पदका लागि निर्वाचन हुँदैछ। गठबन्धनको तर्फबाट साझा उम्मेदवारको अतिरिक्त एमालेले आफ्ना उम्मेदवार उठाएका छन्।

महिलातर्फ एमालेकी भारती उपाध्याय खनाल र नेकपा एकीकृत समाजवादीकी राजेन्द्र लक्ष्मी गैरे, दलिततर्फ एमालेका कृष्णबहादुर सुनार र राजमोका तुलप्रसाद विश्वकर्मा तथा अन्यतर्फ एमालेका रामदयाल गुप्ता र कांग्रेसका युवराज शर्मा प्रतिस्पर्धामा छन्। 

यो प्रदेशमा स्थानीय तहका पदाधिकारी (अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख) र प्रदेश सभा सदस्य गरी २९६ जना मतदाता छन्। उनीहरुको मत भने ७७५८ छ। यही मतमध्ये बढी मत ल्याउने प्रत्येक क्लस्टरका उम्मेदवार नै विजयी हुनेछन्।

स्थानीय तहका ८५ र प्रदेश सभाका ३६ गरी लुम्बिनी प्रदेशमा एमालेका १२१ जना मतदाता छन्। यहाँ सूर्य चिह्नबाट निर्वाचित भएका हृदयश त्रिपाठी समूहका धर्मलाल श्रीवास्तवलाई एमालेमै जोडिएको छ। तर, सत्ता गठबन्धन निकट भएका कारण अजय शाहीलाई भने जोडिएको छैन। त्यसैले एमालेले १२१ मतदाताबाट ३२५८ मत पाउने देखिन्छ।

अर्कोतर्फ, सत्ता गठबन्धन (कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राजमो) सँग स्थानीय तहका पदाधिकारी १२३ जना छन्। त्यस्तै, प्रदेश सभामा ४५ जना (अजय शाही सहित) सदस्य छन्। त्यसैले यो गठबन्धनसँग कुल ४३७४ मत छ। यसरी, यो प्रदेशमा पनि गठबन्धनका उम्मेदवारहरु सहज बहुमतमा देखिन्छन्।

कर्णाली प्रदेश
कर्णाली प्रदेशमा महिला, अपांगता/अल्पसंख्यक र अन्य क्लस्टरका एक-एक जना गरी तीन पदका लागि निर्वाचन हुँदैछ। गठबन्धनको तर्फबाट साझा उम्मेदवार र एमालेले उम्मेदवारहरु उठाएका छन्।

महिलातर्फ कांग्रेसकी दुर्गा गुरुङ र एमालेकी गंगा थापा (महत), अपांगता/अल्पसंख्यकतर्फ माओवादी केन्द्रका नरबहादुर विष्ट र एमालेका पदमबहादुर माझी तथा अन्यतर्फ एमालेका चुडामणि शर्मा र एकीकृत समाजवादीका उदयबहादुर बोहरा प्रतिस्पर्धामा छन्।

यो प्रदेशमा स्थानीय तहका पदाधिकारी (अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख) र प्रदेश सभा गरी १९० जना मतदाता छन्। उनीहरुको मत भने ४४७० छ। यही मतमध्ये बढी मत ल्याउने प्रत्येक क्लस्टरका उम्मेदवार नै विजयी हुनेछन्।

स्थानीय तहका ४७ र प्रदेश सभाका १३ गरी कर्णाली प्रदेशमा एमालेका ६० मतदाता छन्। स्थानीय तहका प्रतिमतदाता मतभार १८ र प्रदेश सभाका सदस्यको प्रतिमतदाता मतभार ४८ का दरले हिसाब गर्दा एमालेको कुल मत १४७० हुन आउँछ।

अर्कोतर्फ, सत्ता गठबन्धन (कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी) सँग स्थानीय तहका पदाधिकारी १०० जना छन्। त्यस्तै, प्रदेश सभामा २१ जना सदस्य छन्। त्यसैले यो गठबन्धनसँग कुल २८०८ मत छ। यो भनेको कुल मतको बहुमत हो। त्यसैले गठबन्धन आबद्ध दलका उम्मेदवारहरुले जीत निश्चित जस्तै छ।

सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेशमा महिला, दलित र अन्य क्लस्टरका एक-एक जना गरी तीन पदका लागि निर्वाचन हुँदैछ। गठबन्धनको तर्फबाट साझा उम्मेदवार र एमालेका उम्मेदवारहरुबीच प्रतिस्पर्धा हुनेछ।

महिलातर्फ एमालेकी सन्तोषीकुमारी शर्मा (थापा) र एकीकृत समाजवादीकी मदनकुमारी शाह (गरिमा), दलिततर्फ एमालेका नरेशकुमार विश्वकर्मा र माओवादी केन्द्रका जगतबहादुर पार्की तथा अन्यतर्फ एमालेका डिल्लाराम भट्ट र कांग्रेसका नारायणदत्त मिश्रबीच प्रतिस्पर्धा हुनेछ।

यो प्रदेशमा स्थानीय तहका पदाधिकारी (अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख) र प्रदेश सभा गरी २२७ जना मतदाता छन्। उनीहरुको मत भने ५६४६ छ। यही मतमध्ये बढी मत ल्याउने प्रत्येक क्लस्टरका उम्मेदवार नै विजयी हुनेछन्।

स्थानीय तहका ७१ र प्रदेश सभाका ११ गरी सुदूरपश्चिम प्रदेशमा एमालेका ८२ मतदाता छन्। स्थानीय तहका प्रतिमतदाता मतभार १८ र प्रदेश सभाका सदस्यको मतभार प्रतिमतदाता ४८ का दरले हिसाब गर्दा एमालेको कुल मत १८०६ हुन आउँछ।

अर्कोतर्फ, सत्ता गठबन्धन (कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा) सँग स्थानीय तहका पदाधिकारी १०४ जना छन्। त्यस्तै, प्रदेश सभामा ४० जना सदस्य छन्। त्यसैले यो गठबन्धनसँग कुल ३७९२ मत छ। गठबन्धनसँग रहेको मत कुल मतको उच्च बहुमत हो। त्यसैले गठबन्धनका उम्मेदवारहरुले जित्ने निश्चितप्रायः छ।

स्थानीय तहका मतदाताहरु। प्रत्येक मतदाताको मतभार १८ हुन्छ।

प्रदेश सभाका सदस्यहरु। प्रत्येक मतदाताको मतभार ४८ हुन्छ।

राष्ट्रिय सभाका उम्मेदवारहरुः

प्रकाशित मिति: शनिबार, माघ ८, २०७८  १८:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
७० प्रतिशत भोट ल्याएर जित्ने ओलीको दाबी कमल गाउँपालिकाका कार्यकर्तासँगको भेटमा ओलीले यहाँको विकास, रुपान्तरण, जनआधारका कारण सिंगो क्षेत्र नै एमालेको पक्षमा एकढिक्का रहेको ब... बुधबार, माघ ७, २०८२
९.४३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो कुल ८२ कम्पनीको सेयर मूल्य बढ्यो, १७४ कम्पनीको मूल्य घट्यो भने ३ कम्पनीको मूल्य स्थिर रह्यो । कुल १३ उपसमूहमध्ये अन्य उपसमूह मात्रै... बुधबार, माघ ७, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बालेन बुधबार बिहानै रानामगरको घरमा पुगेर भेटघाट गर्दै चुनावी अभियानमा ऐक्यबद्धता व्यक्त गरेका हुन्। बुधबार, माघ ७, २०८२
ताजा समाचारसबै
इलाम पुगेर सुरु गरे बालेनले घरदैलो कार्यक्रम (तस्बिरहरू) बिहीबार, माघ ८, २०८२
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेदरल्यान्ड्सविरुद्ध नेपालले बलिङ गर्दै बिहीबार, माघ ८, २०८२
किन केही मानिसहरुका लागि तौल घटाउन मुश्किल पर्छ ? बिहीबार, माघ ८, २०८२
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले आज नेदरल्यान्ड्ससँग भिड्दै बिहीबार, माघ ८, २०८२
उम्मेदवारको नामावली आज प्रकाशन हुँदै बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
यी ६ पूर्वअर्थमन्त्री चुनावी दौडमा, को कहाँबाट भिड्दै छन्? बुधबार, माघ ७, २०८२
७० प्रतिशत भोट ल्याएर जित्ने ओलीको दाबी बुधबार, माघ ७, २०८२
पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा अख्तियारबाट मिसिल झिकाउने आदेश बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्