काठमाडौं– साप्ताहिक कारोबारको अन्तिम दिन आज (शुक्रबार) नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको हो।
तोलामा १०० रुपैयाँले बढेपछि शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ८०० रुपैयाँ पुगेको छ भने तेजाबी सुनको मूल्य ९३ हजार ३०० पुगेको छ।
बिहीबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ७०० रुपैयाँ थियो भने तेजाबी सुनको मूल्य ९३ हजार २०० रुपैयाँ थियो।
बिहीबार चाँदीको मूल्य पनि केही बढेको छ। बिहीबारको तुलनामा तोलामा १० रुपैयाँ बढेर शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार ३२५ पुगेको महासंघले जनाएको छ। बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार ३१५ रुपैयाँ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।