काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार बढेको छ। यस दिन सेयर बजार मापक परिसूचक नेप्से ३२.९६ प्रतिशतले बढेर २९३१.२६ विन्दुमा उक्लिएको छ। बुधबार नेप्से ३८.३५ अंकले घटेर २८९८.३१ विन्दुमा पुगेको थियो। अघिल्लो दिनको तुलनामा बिहीबार कारोबार रकम भने घटेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार बिहीबार पाँच अर्ब ७७ करोड ३१ लाख २० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। बुधबार कूल ६ अर्ब २ करोड १३ लाख ११ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।
आज क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स सूचक पनि बढेको छ। बिहीबार यस्तो सूचक ४.०९ अंकले बढेर ५४३.७४ विन्दुमा पुगेको छ। बुधबार यस्तो सूचक ७.८१ अंकले घटेर ५३९.६५ विन्दुमा झरेको थियो।
बिहीबार कारोबारमा आएका कूल २२९ वटा कम्पनीका एक करोड ५९ लाख ८९ हजार ७४४ कित्ता सेयर किनबेच भएका छन्। कारोबारमा आएका १६० कम्पनीको सेयर मूल्य उकालो लागेको छ। यसैगरी, २५ कम्पनीको सेयर मूल्य घटेको छ भने बाँकी पाँच कम्पनीको सेयर मूल्य यथावत रहेको नेप्सेले जानकारी दिएको छ।
आज खरिदबिक्री रकममा २२ करोड २० लाख रुपैयाँभन्दा बढीसहित आइएमई जनरल इन्स्योरेन्स अग्रस्थानमा रहेको छ। यसैगरी, दोस्रो र तेस्रोमा क्रमशः अपि पावर र शिखर इन्स्योरेन्स परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।