काठमाडौं– अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट सैनिक फिर्ता गर्ने आफ्नो निर्णय सही भएको बताएका छन्
आफ्नो कार्यकाल एक वर्ष पूरा गरेको अवसरमा बोल्दै उनले बचाउ गर्दै आफूले गरेको कामको लागि माफीसमेत नमाग्ने बताएका हुन् ‘अफगानिस्तानबाट २० वर्षपछि सजिलै बाहिर निस्कने कुनै उपाय थिएन,’ उनले भने, ‘जतिसुकै गरे पनि त्यसो गर्नु सम्भव थिएन त्यसैले मैले गरेको कामका लागि म माफी माग्दिनँ।’ यद्यपि, बाइडेनले अगस्टको मध्यमा तालिबानले सत्ता कब्जा गरेपछि विकसित अफगानिस्तानको सङ्कटप्रति भने सहानुभूति व्यक्त गरेका छन्।
अफगानिस्तानको निर्णयबाट आफ्नो फिर्तिको बचाउ गर्दै बाइडेनले असफलताको लागि अघिल्लो प्रशासनलाई दोष दिएका छन्।
अफगानिस्तानले अमेरिकालाई पारेको आर्थिक बोझको विषय पनि उनलेउठाएका छन्। अमेरिकी सेनालाई अफगानिस्तानमा राख्न निकै खर्च हुने सन्दर्भ उद्धृत गर्दै उनले शान्तिपूर्ण समाधानमा कुनै सम्भावना नभएको उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।