• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

पूर्ण मात्रा खोप पाएका स्वास्थ्यकर्मीमा पनि यसकारण बढिरहेको छ कोरोना संक्रमण

रिता लम्साल बिहीबार, माघ ६, २०७८  ११:३९
1140x725

काठमाडौं– नेपालमा गत वर्षको माघ दोस्रो सातादेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु भयो। पहिलो पटक खोप कार्यक्रम सुरु हुँदा कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा अग्रपंक्तिमा खटिएका (फ्रन्टलाइनर)लाई प्राथमिकता दिइएको थियो।

जसले गर्दा कोरोना विरुद्धको खोप कार्यक्रममा पहिलो चरणमा अस्पतालमा कार्यरत चिकित्सक, नर्स लगायत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा पत्रकारले प्राथमिकता पाए।

कोरोना महामारीको पहिलो लहरपछि सुरु भएको खोप अभियान चलिरहँदा नेपालमा दोस्रो लरहको कोरोना संक्रमण देखियो। दोस्रो लहरको संक्रमणले खोप नपाएका व्यक्तिहरुलाई बढी असर पार्‍यो।

खोप लगाएकाले दोस्रो लरहको संक्रमणमा स्वास्थ्यकर्मीहरु कम संक्रमित भए। तर, हाल ओमिक्रोन भेरियन्टसहितको कोरोना संक्रमण फैलिदै गर्दा स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण बढ्दै गएको पाइएको छ।

गत वर्षको माघ दोस्रो साता पहिलो र वैशाखमा दोस्रो डोज खोप लगाएका स्वास्थ्यकर्मीहरु अहिले धमाधम संक्रमित भइरहेका छन्। त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, सशस्त्र प्रहरी बल अस्पताल, भरतपुर अस्पताल लगायत देशका धेरैजसो अस्पतालहरुमा कोरोना संक्रमित चिकित्सक, नर्स लगायत स्वास्थ्यकर्मी बढ्दै गएका छन्।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा कृष्ण प्रसाद पौडेलका अनुसार नेपालमा ओमिक्रोन भेरियन्टसहितको कोरोना संक्रमण बढ्दै जाँदा ५ सय भन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

कोरोनाविरुद्धको दुवै डोज (पूर्ण मात्रा) लगाएका स्वास्थ्यकर्मीहरुमा अहिले ओमिक्रोन भेरियन्टको संक्रमण किन देखिइरहेको छ? दुवै डोज खोप लगाएका स्वास्थ्यकर्मी संक्रमित हुनुको प्रमुख ३ कारण रहेको डा पौडेलको बुझाइ छ।

एउटा कारण हो स्वास्थ्यकर्मीले खोप लगाएको ६ महिनाभन्दा बढी भइसक्नु।

Ncell 2
Ncell 2
nimb
nimb

डा पौडेल भन्छन्,‘खोप लगाएको ६ महिना कटेपछि शरीरमा खोपले बनाएको एन्टिबडी घट्दै आउँछ। यो भन्दा अगाडि प्राकृतिक संक्रमण भएर भएको एन्टिबडी पनि घट्दै आउँछ।’

स्वास्थ्यकर्मीहरुले दुवै डोज खोप लगाएको ६ महिना पूरा भइसकेको र उनीहरुको शरीरमा खोप र प्राकृतिक रुपमा बन्ने एन्टिबडी कमजोर हुँदा स्वास्थ्यकर्मीहरु संक्रमित भइरहेको डा पौडेलले बताए।

ओमिक्रोन भेरियन्ट फैलिदै जाँदा यसले खोपले बनाएको एन्टिबडीलाई पनि कमजोर बनाउने अध्ययनहरुले देखाएकाले डा पौडेलले बताए। उनी यसलाई स्वास्थ्यकर्मी संक्रमित हुनुको दोस्रो कारण मान्छन्।

'एक त स्वास्थ्यकर्मीले खोप लगाएको ६ महिना बढी हुँदा उनीहरुको शरीरमा एन्टिबडी कम छ। अर्को, अहिलेको ओमिक्रोन भेरियन्टले खोपले बनाउने एन्टिबडीलाई कमजोर बनाइदिने भएकाले स्वास्थ्यकर्मी बढी संक्रमित भएका हुनसक्छन्', डा पौडेलले भने।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

दोस्रो लहरको संक्रमणदर कम हुँदै जाँदा अस्पताल तथा स्वास्थ्यसंस्थामै स्वास्थ्यका मापदण्ड पूर्ण पालना नहुनु स्वास्थ्यकर्मीमा संक्रमण बढ्नुको तेस्रो कारण रहेको डा पौडेलले बताए।

‘संक्रमणको जोखिम घट्दै जाँदा अस्पतालहरुमा स्वास्थ्यकर्मीले स्वास्थ्य सतर्कता अपनाउनमा कमजोरी रह्यो कि भन्न सकिन्छ,’ डा पौडेलले भने, ‘हामीले देख्दा पनि तुलनात्मक रुपमा शुक्रराज अस्पतालका स्वास्थ्यकर्मी कम संक्रमित छन्, किनकी त्यहाँ पूर्ण रुपमा स्वास्थ्य सतर्कता अपनाइएको छ।’

अस्पतालहरुमा पीपीई प्रयोग तथा स्वास्थ्यका मापदण्ड पूर्ण पालना नहुँदा तथा उनीहरु बिरामीसँग छिटो र प्रत्यक्ष रुपमा सम्पर्क हुँदा स्वास्थ्यकर्मीमा संक्रमण बढेको डा पौडेलले जानकारी दिए।

ओमिक्रोन भेरियन्टसहितको संक्रमण नेपालमा देखिनु भन्दा दुई साता अघि स्वास्थ्यकर्मीले खोपको तेस्रो मात्रा अर्थात बुस्टर डोज पाएको भए स्वास्थ्यकर्मीमा संक्रमणदर केही कम हुनसक्थ्यो कि भन्ने डा पौडेललाई लाग्छ।

‘खोपले शरीरमा एन्टिबडी बनाउन दुईसाता जति लाग्छ, स्वास्थ्यकर्मीलाई अलिकति छिटो बुस्टर डोज दिन पाएको भए हुन्थ्यो भन्ने लाग्छ,’ डा पौडेलले भने, ‘तर, बुस्टर नै लगाएपनि ओमिक्रोनले खोपले बनाउने एन्टिबडीलाई पनि ब्रेक गर्छ भनिएको छ। यो अहिलेको लेटेस्ट अध्ययनले देखाएको कुरा हो। अस्ट्रेलियाको केसले पनि यो पुष्टि गरेको छ।’ उनले खोप लगाएकाहरुमा भाइरसको असर भने नलगाएकाहरुको तुलनामा निकै कम देखिएको जानकारी दिए।

केन्द्रीय अस्पतालहरूमा सेवा प्रभावित
अस्पतालमा चिकित्सक, नर्स लगायत स्वास्थ्यकर्मी संक्रमित हुने क्रम बढ्दै जाँदा केन्द्रीय अस्पतालहरुमा स्वास्थ्य सेवा समेत प्रभावित हुन थालिसकेका छन्।

त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर लगायतका ठूला अस्पतालहरुले वार्डहरु मर्ज गरेर कम स्वास्थ्यकर्मी परिचालन गर्ने नीति लागू गरिसकेको जनाएका छन्।

स्वास्थ्यकर्मीमा संक्रमणदर बढ्दै जाँदा स्वास्थ्य सेवा नै बन्द गनुपर्ने अवस्था आउनसक्ने भएकाले समयमै पहिलो र दोस्रो लहरमा जस्तै पालो मिलाएर स्वास्थ्यकर्मीलाई ड्यूटीमा खटाउन सकिने डा पौडेलले बताए।

‘हामीले अस्पतालमा महामारीको बेलामा पहिलो र दोस्रो लहरमा आलोपालो ड्यूटीमा लगाउने मेकानिजम गर्‍यौं भने धेरै स्वास्थ्यकर्मीलाई संक्रमणबाट बचाउन सकिन्छ,’ उनले भने, ‘यसो गरिएन भने स्वास्थ्यकर्मी संक्रमण हुने दर बढ्दै गएर अस्पतालमा स्वास्थ्य सेवा झन् प्रभावित हुँदै जानसक्छ।’

कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट यसअघिको डेल्टा भेरियन्टभन्दा बढी संक्रामक रहेको बताइएको छ। ओमिक्रोन भेरियन्टले मानिसको स्वास्थ्यमा जटिलता कम गराए पनि संक्रामक दर गुणात्मक रुपमा फैलिने बताइएको छ।

ओमिक्रोनले पार्ने असरका बारेमा थप अध्ययन अनुसन्धान भइरहेको उनको भनाइ छ। पछिल्लो एक हप्तामा कोरोना संक्रमण विश्वभर एक करोडमा पुष्टि भएको छ। यति धेरै संक्रमण हुनुको कारण ओमिक्रोन भेरियन्ट नै रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। 

ओमिक्रोनले कोरोना खोप लगाएका-नलगाएका दुवैलाई संक्रमण हुन सक्दछ। संक्रमित भएकामध्ये खोप नलगाएकालाई धेरै गाह्रो बनाउन सक्ने अहिलेसम्मको अध्ययनले देखाएको छ।  खोप नलगाएका व्यक्तिको ज्यान जाने पनि खतरासमेत रहेको छ।

ओमिक्रोन भेरियन्टले मानिसमा बढी हाच्छ्युँ आउने, हल्का ज्वरो आउने, धेरै रुघा लाग्ने जस्तो लक्षण देखिने गर्दछ। घाँटी खसखस हुने, चिलाउने र श्वासप्रश्वासमा समस्या हुने जस्ता लक्षण पनि देखिएका छन्।

यसबाट बच्नका लागि कोरोना भाइरसको पूर्ण मात्रा खोप लगाउनाका साथै जनस्वास्थ्य मापदण्ड अर्थात भीडभाड नगर्ने, सेनिटाइजरको प्रयोग र हात साबुनपानीले पटक पटक धुनु पर्दछ। सही तरिकाले मास्कको प्रयोग गर्न र एक व्यक्ति तथा अर्को व्यक्तिबीचको भौतिक दूरी एक मिटर कायम गर्नुपर्ने डा पौडेल बताउँछन्। 

प्रकाशित मिति: बिहीबार, माघ ६, २०७८  ११:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
नेपालबाट बाहिरियो मनसुन
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित)
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
नेपालबाट बाहिरियो मनसुन बुधबार, असोज २८, २०८३
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) बुधबार, असोज २८, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला बुधबार, असोज २८, २०८३
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्