काठमाडौं- विश्वका सबैभन्दा पाका व्यक्ति स्पेनिस साटर्निनो डे ला फुएन्टे गार्सियाको ११२ वर्षको उमेरमा निधन भएको छ।
गिनीज वल्र्ड रेकर्ड्सले बुधबार दिएको जानकारी अनुसार करिब चार महिना पहिले ११२ वर्ष २११ दिन हुँदा जीवितमध्ये उनी विश्वकै सबैभन्दा पाको व्यक्ति घोषित भएका थिए। उनको आगामी महिना ११३औं जन्मदिन मनाउन लागिएको थियो।
फेब्रुअरी ११, १९०९ मा लियोनको पोन्टे क्यास्ट्रोमा जन्मेका गार्सिया १.५ मिटर (४.९ फिट) अग्लो थिए। सन् १९३६ मा भएको स्पेनी गृहयुद्धमा सामेल हुन उहाँको होचो कदका कारण भर्ती हुन नपाएपछि पछि उनी एक सफल जुत्ता व्यवसायी बनेका थिए।
७ छोराछोरी, १४ नातिनातिना र २२ पनातिपनातिनीहरूका अभिभावक उनी पछिल्लो समय उमेरका कारण सक्रिय जीवनबाट टाढा थिए।
गिनिज बुक्स अफ वल्डए रेकर्डको वेवसाइट अनुसार अहिलेसम्म रेकर्ड गरिएको सबैभन्दा धेरै बाँच्ने व्यक्ति फ्रान्सकी जीन लुइस कालमेन्ट हुन्। सन् १८७५ फेब्रुअरीमा जन्मएकी कालमेन्टको सन् १९९७ मा १२२ वर्ष १६४ दिनको उमेरमा निधन भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।