काठमाडौं– नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ। निगमले पेट्रोल, मट्टितेल, डिजेल र हवाई इन्धनको मूल्य बढाएको हो।
निगमले पेट्रोल, मट्टितेल र डिजेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाएको छ। यस्तै, हवाई इन्धन आन्तरिक उडानमा प्रतिलिटर ५ रुपैयाँ र अन्तर्राष्ट्रिय उडानमा प्रतिकिलोलिटर १०० अमेरिकी डलरले बढाएको छ।
निगमले मूल्य बढाएपछि पेट्रोलको मूल्य १३९ रुपैयाँ प्रतिलिटर पुगेको छ भने डिजेल तथा मट्टितेलको मूल्य १२२ रुपैयाँ प्रतिलिटर पुगेको छ। हवाई इन्धनको मूल्य आन्तरिकमा प्रतिलिटर १०६ रुपैयाँ प्रतिलिटर र अन्तर्राष्ट्रियमा ९९५ अमेरिकी डलर प्रतिकिलोलिटर पुगेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।