काठमाडौं- भारतमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध थप गरिएको छ।
नागरिक उड्डयन मन्त्रालयका महानिर्देशकले एक परिपत्र जारी गर्दै भारत जाने र जाने निर्धारित अन्तर्राष्ट्रिय व्यावसायिक उडानमा प्रतिबन्ध लगाएको हो।
समाचार एजेन्सी एएनआईअनुसार यो प्रतिबन्ध २८ फेब्रुअरीको राति १२ बजेसम्म लागू हुनेछ। तर, कार्गो उडानमा भने कुनै प्रतिबन्ध लगाइएको छैन।
भारतमा पछिल्लो २४ घन्टामा दुई लाख ८२ हजार ९७० जना कोरोना संक्रमित थपिएका छन्। सो अवधिमा ४४१ जना संक्रमितले ज्यान गुमाएको परिवार कल्याण मन्त्रालयको तथ्यांक छ।
मन्त्रालयको तथ्यांक अनुसार सो अवधिमा एक लाख ८८ हजार १५७ जना संक्रमणमुक्त भएका छन्। भारतमा अहिले सक्रिय संक्रमितको संख्या १८ लाख ३१ हजार रहेको छ।
कोरोना भाइरसबाट सबैभन्दा बढी महाराष्ट्र, कर्नाटक, तमिलनाडू, दिल्ली र पश्चिम बंगाल राज्य प्रभावित रहेका छन्।
भारतमा ओमिक्रोन भेरियन्टबाट संक्रमित हुनेको संख्या ८ हजार ९६१ पुगेको छ। भारतमा हालसम्मसंक्रमित हुनेको संख्या ३ करोड ७६ लाख १८ हजार २७१ पुगेको छ भने हालसम्म चार लाख ८६ हजार ७६१ जना संक्रमितले ज्यान गुमाइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।