• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

पाँच महिनामा वाणिज्य बैंकले कमाए २८ अर्बभन्दा धेरै नाफा, विकास बैंक र फाइनान्स कम्पनीको नाफा कति?

64x64
सुमित्रा कार्की बुधबार, माघ ५, २०७८  ११:२५
1140x725

काठमाडौं- चालु आर्थिक वर्षको पाँच महिना (साउनदेखि मंसिर मसान्तसम्म)मा २७ वाणिज्य बैंकले २८ अर्ब रुपैयाँभन्दा धेरै नाफा कमाएका छन्। नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुले पाँच महिनामा २८ अर्ब २० करोड ४६ लाख रुपैयाँ नाफा आर्जन गरेका हुन्।

बैंकहरुले चालु आर्थिक वर्षको चार महिनाको अवधिको तुलनामा पाँचौं महिनासम्म आउँदा नाफा १९.८७ प्रतिशतले बढाएको राष्ट्र बैंकले जानकारी दिएको छ। राष्ट्र बैंकको तथ्यांकअनुसार कात्तिक मसान्तसम्म समग्र वाणिज्य बैंकहरुको कूल नाफा २३ अर्ब ५२ करोड रुपैयाँ थियो। 

यसैगरी पाँच महिनाको अवधिसम्म आउँदा १८ विकास बैंकले दुई अर्ब ५४ करोड रुपैयाँ र फाइनान्स कम्पनीहरुले पाँच करोड ५१ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएका छन्। 

कुन वाणिज्य बैंकको नाफा कति?
चालु आवको पाँच महिनासम्म आउँदा सबैभन्दा धेरै नाफा आर्जन गर्ने बैंक एनआईसी एसिया रहेको छ। एनआईसी एसियाले मंसिर मसान्तमै दुई अर्ब ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यसैगरी एक अर्बभन्दा माथि नाफा कमाउन सफल बैंकहरु १० वटा छन्। सबैभन्दा धेरै नाफा कमाउने दोस्रोमा ग्लोबल आईएमई बैंक रहेको छ। यस बैंकले यस अवधिमा एक अर्ब ९६ करोड आठ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

यस्तै नबिल बैंकले एक अर्ब ८९ करोड आठ लाख, राष्ट्रिय वाणिज्य बैंकले एक अर्ब ८८ करोड, प्राइम बैंकले एक अर्ब ५० करोड, प्रभु बैंकले एक अर्ब ३७ करोड, एनएमबि बैंकले एक अर्ब ६३ करोड, सिद्धार्थ बैंकले एक अर्ब ३३ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकले एक अर्ब ३३ करोड, मेगा बैंकले एक अर्ब २६ करोड, नेपाल बैंकले एक अर्ब तीन करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएका छन्।

यसैगरी १६ वाणिज्य बैंकले करोडभन्दा माथि नाफा आर्जन गरेका छन्। जसमा सिटिजन्स बैंकको यस अवधिसम्मको नाफा ९९ करोड ६० लाख रुपैयाँ छ। यसैगरी स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा ९० करोड ३१ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकको ८७ करोड ९७ लाख, कुमारी बैंकको ८६ करोड ४१ लाख, लक्ष्मी बैंकको ७८ करोड ८१ लाख रुपैयाँ नाफा रहेको तथ्यांकमा उल्लेख छ।

यसैगरी एभरेष्ट बैंकले ७५ करोड ९२ लाख, नेपाल क्रेडिट एण्ड कर्मसियल बैंकले ७५ करोड ५६ लाख, सनराइज बैंकले ७० करोड ३७ लाख, नेपाल एसबीआई बैंकले ६५ करोड ९५ लाख, कृषि विकास बैंकले ६५ करोड ६ लाख, हिमालयन बैंकले ५६ करोड १० लाख, नेपाल बंगलादेश बैंकले ५४ करोड ६६ लाख, बैंक अफ काठमाडौंले ४९ करोड ५९ लाख, सिभिल बैंकले ४१ करोड ११ लाख, सेन्चुरी बैंकले ४० करोड ५० लाख रुपैयाँ नाफा गरेको राष्ट्र बैंकले जानकारी दिएको छ।

विकास बैंकहरुको नाफा दुई अर्बभन्दा माथि
मंसिर मसान्तसम्मको अवधिमा १७ वटा विकास बैंकले दुई अर्ब ५४ करोड दुई लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। कात्तिक मसान्तसम्ममा विकास बैंकहरुले दुई अर्ब १५ करोड रुपैयाँ नाफा कमाएका थिए। एक महिनाको अन्तरालमा विकास बैंकहरुको नाफा १७.७६ प्रतिशतले बढेको हो। यस अवधिमा विकास बैंकमध्ये सर्वाधिक नाफा कमाउने मुक्तिनाथ विकास बैंक बनेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

मुक्तिनाथले ४६ करोड नाफा कमाएको छ। उसले कात्तिकको तुलनामा १७.५२ प्रतिशतले नाफा बढाएको हो। सर्वाधिक नाफा गर्ने अर्को विकास बैंक गरिमा विकास बैंक हो। यस बैंकले ३४ करोड रुपैयाँ खुद नाफा कमाएको छ। ज्योति विकास बैंकले सोही अवधिमा ३३ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्दा महालक्ष्मी विकासले ३१ करोड ६६ लाख रुपैयाँ, कामना सेवाले ३० करोड ४२ लाख, शाइन रेसुंगाले २७ करोड ६६ लाख रुपैयाँ र लुम्बिनी विकासले २४ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएका छन्।

यस अवधिसम्म आउँदा विकास बैंकहरुमध्ये सबैभन्दा कम नाफा ग्रीन डेभलपमेन्ट बैंकको छ। ग्रीनले ८८ लाख रुपैयाँ नाफा कमाएको छ। कात्तिकको तुलनामा बैंकको नाफा भने करिब ३० प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ।

मंसिर मसान्तसम्म पाँचवटा विकास बैंक घाटामा रहेका छन्। सर्वाधिक घाटामा सप्तकोशी डेभलपमेन्ट विकास बैंक छ। यो बैंक १० करोड रुपैयाँभन्दा धेरै घाटामा रहेको छ। यसैगरी नारायणी डेभलपमेन्ट बैंक ४४ लाख, साल्पा विकास बैंक १९ लाख, सिन्धु विकास बैंक नौ लाख र कर्पोरेट डेभलपमेन्ट विकास बैंक पाँच लाख रुपैयाँ नोक्सानीमा रहेका छन्।

फाइनान्स कम्पनी कसले कति कमाए?
चालु आर्थिक वर्षको पाँच महिनाको तथ्यांक अनुसार समग्र फाइनान्स कम्पनीहरुले पाँच करोड ५१ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। कम्पनीहरुको नाफा अघिल्लो महिनाको तुलनामा १४.०१ प्रतिशतले बढेको छ। अघिल्लो महिना फाइनान्स कम्पनीहरुले चार करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पाँच महिनाको अवधिमा फाइनान्स कम्पनीमध्ये सर्वाधिक नाफा बेस्ट फाइनान्सले आर्जन गरेको छ। उक्त फाइनान्सले १२ करोड रुपैयाँ खुद नाफा कमाएको हो। कात्तिकको तुलनामा फाइनान्सको नाफा ०.१६ प्रतिशतले बढेको छ।

यसैगरी यस अवधिमा धेरै नाफा कमाउने अर्को फाइनान्स कम्पनी गुडविल र आईसीएफसी फाइनान्स कम्पनी रहेका छन्। यी दुवै फाइनान्सले सात करोड ७० लाख रुपैयाँ नाफा कमाएका छन्। त्यस्तै, मञ्जुश्री फाइनान्सले पाँच करोड ३७ लाख खुद नाफा आर्जन गर्दा जानकी फाइनान्सले चार करोड ६२ लाख र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले चार करोड ४४ लाख रुपैयाँ खुद मुनाफा कमाएका छन्। समीक्षा अवधिमा यी छ वित्त कम्पनीहरुको खुद नाफा औसतभन्दा माथि रहेको छ।

प्रोगेसिभ फाइनान्सले यस अवधिमा सबैभन्दा कम नाफा कमाएको छ। प्रोगेसिभले छ लाख रुपैयाँ नाफा गरेको छ, जुन अघिल्लो महिनाको तुलनामा झन्डै १०० प्रतिशतको गिरावट हो।

समीक्षा अवधिमा दुई वित्त संस्थाहरु पनि घाटामा रहेको तथ्यांकले देखाएको छ। क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीले ३५ लाख रुपैयाँ नोक्सानी बेहोर्दा समृद्धि फाइनान्स १५ लाख रुपैयाँ घाटामा छ।

प्रकाशित मिति: बुधबार, माघ ५, २०७८  ११:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
रोकिएन बजारको ओरालो यात्रा, साताको अन्तिम दिन पनि दोहोरो अंकले घट्यो नेप्से शुक्रबार ११.९० अंक घटेको बजार २५८७.२५ विन्दुमा रोकिएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले जनाएको छ । शुक्रबार, असोज १६, २०८३
ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित... शुक्रबार, असोज १६, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने प्राधिकरणले असोज १२ गते सोमबार साँझदेखि प्रणालीको परीक्षणसमेत गरिसकेको छ। प्रणाली सञ्चालनमा आएपछि बीमा कम्पनीले आफूखुसी सर्भेयर छनोट... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्