• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ ३, २०८२ Sat, Jan 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

पाँच महिनामा वाणिज्य बैंकले कमाए २८ अर्बभन्दा धेरै नाफा, विकास बैंक र फाइनान्स कम्पनीको नाफा कति?

64x64
सुमित्रा कार्की बुधबार, माघ ५, २०७८  ११:२५
1140x725

काठमाडौं- चालु आर्थिक वर्षको पाँच महिना (साउनदेखि मंसिर मसान्तसम्म)मा २७ वाणिज्य बैंकले २८ अर्ब रुपैयाँभन्दा धेरै नाफा कमाएका छन्। नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुले पाँच महिनामा २८ अर्ब २० करोड ४६ लाख रुपैयाँ नाफा आर्जन गरेका हुन्।

बैंकहरुले चालु आर्थिक वर्षको चार महिनाको अवधिको तुलनामा पाँचौं महिनासम्म आउँदा नाफा १९.८७ प्रतिशतले बढाएको राष्ट्र बैंकले जानकारी दिएको छ। राष्ट्र बैंकको तथ्यांकअनुसार कात्तिक मसान्तसम्म समग्र वाणिज्य बैंकहरुको कूल नाफा २३ अर्ब ५२ करोड रुपैयाँ थियो। 

यसैगरी पाँच महिनाको अवधिसम्म आउँदा १८ विकास बैंकले दुई अर्ब ५४ करोड रुपैयाँ र फाइनान्स कम्पनीहरुले पाँच करोड ५१ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएका छन्। 

कुन वाणिज्य बैंकको नाफा कति?
चालु आवको पाँच महिनासम्म आउँदा सबैभन्दा धेरै नाफा आर्जन गर्ने बैंक एनआईसी एसिया रहेको छ। एनआईसी एसियाले मंसिर मसान्तमै दुई अर्ब ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यसैगरी एक अर्बभन्दा माथि नाफा कमाउन सफल बैंकहरु १० वटा छन्। सबैभन्दा धेरै नाफा कमाउने दोस्रोमा ग्लोबल आईएमई बैंक रहेको छ। यस बैंकले यस अवधिमा एक अर्ब ९६ करोड आठ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

यस्तै नबिल बैंकले एक अर्ब ८९ करोड आठ लाख, राष्ट्रिय वाणिज्य बैंकले एक अर्ब ८८ करोड, प्राइम बैंकले एक अर्ब ५० करोड, प्रभु बैंकले एक अर्ब ३७ करोड, एनएमबि बैंकले एक अर्ब ६३ करोड, सिद्धार्थ बैंकले एक अर्ब ३३ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकले एक अर्ब ३३ करोड, मेगा बैंकले एक अर्ब २६ करोड, नेपाल बैंकले एक अर्ब तीन करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएका छन्।

यसैगरी १६ वाणिज्य बैंकले करोडभन्दा माथि नाफा आर्जन गरेका छन्। जसमा सिटिजन्स बैंकको यस अवधिसम्मको नाफा ९९ करोड ६० लाख रुपैयाँ छ। यसैगरी स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा ९० करोड ३१ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकको ८७ करोड ९७ लाख, कुमारी बैंकको ८६ करोड ४१ लाख, लक्ष्मी बैंकको ७८ करोड ८१ लाख रुपैयाँ नाफा रहेको तथ्यांकमा उल्लेख छ।

यसैगरी एभरेष्ट बैंकले ७५ करोड ९२ लाख, नेपाल क्रेडिट एण्ड कर्मसियल बैंकले ७५ करोड ५६ लाख, सनराइज बैंकले ७० करोड ३७ लाख, नेपाल एसबीआई बैंकले ६५ करोड ९५ लाख, कृषि विकास बैंकले ६५ करोड ६ लाख, हिमालयन बैंकले ५६ करोड १० लाख, नेपाल बंगलादेश बैंकले ५४ करोड ६६ लाख, बैंक अफ काठमाडौंले ४९ करोड ५९ लाख, सिभिल बैंकले ४१ करोड ११ लाख, सेन्चुरी बैंकले ४० करोड ५० लाख रुपैयाँ नाफा गरेको राष्ट्र बैंकले जानकारी दिएको छ।

विकास बैंकहरुको नाफा दुई अर्बभन्दा माथि
मंसिर मसान्तसम्मको अवधिमा १७ वटा विकास बैंकले दुई अर्ब ५४ करोड दुई लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। कात्तिक मसान्तसम्ममा विकास बैंकहरुले दुई अर्ब १५ करोड रुपैयाँ नाफा कमाएका थिए। एक महिनाको अन्तरालमा विकास बैंकहरुको नाफा १७.७६ प्रतिशतले बढेको हो। यस अवधिमा विकास बैंकमध्ये सर्वाधिक नाफा कमाउने मुक्तिनाथ विकास बैंक बनेको छ। 

Ncell 2
Ncell 2

मुक्तिनाथले ४६ करोड नाफा कमाएको छ। उसले कात्तिकको तुलनामा १७.५२ प्रतिशतले नाफा बढाएको हो। सर्वाधिक नाफा गर्ने अर्को विकास बैंक गरिमा विकास बैंक हो। यस बैंकले ३४ करोड रुपैयाँ खुद नाफा कमाएको छ। ज्योति विकास बैंकले सोही अवधिमा ३३ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्दा महालक्ष्मी विकासले ३१ करोड ६६ लाख रुपैयाँ, कामना सेवाले ३० करोड ४२ लाख, शाइन रेसुंगाले २७ करोड ६६ लाख रुपैयाँ र लुम्बिनी विकासले २४ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएका छन्।

यस अवधिसम्म आउँदा विकास बैंकहरुमध्ये सबैभन्दा कम नाफा ग्रीन डेभलपमेन्ट बैंकको छ। ग्रीनले ८८ लाख रुपैयाँ नाफा कमाएको छ। कात्तिकको तुलनामा बैंकको नाफा भने करिब ३० प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ।

मंसिर मसान्तसम्म पाँचवटा विकास बैंक घाटामा रहेका छन्। सर्वाधिक घाटामा सप्तकोशी डेभलपमेन्ट विकास बैंक छ। यो बैंक १० करोड रुपैयाँभन्दा धेरै घाटामा रहेको छ। यसैगरी नारायणी डेभलपमेन्ट बैंक ४४ लाख, साल्पा विकास बैंक १९ लाख, सिन्धु विकास बैंक नौ लाख र कर्पोरेट डेभलपमेन्ट विकास बैंक पाँच लाख रुपैयाँ नोक्सानीमा रहेका छन्।

फाइनान्स कम्पनी कसले कति कमाए?
चालु आर्थिक वर्षको पाँच महिनाको तथ्यांक अनुसार समग्र फाइनान्स कम्पनीहरुले पाँच करोड ५१ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। कम्पनीहरुको नाफा अघिल्लो महिनाको तुलनामा १४.०१ प्रतिशतले बढेको छ। अघिल्लो महिना फाइनान्स कम्पनीहरुले चार करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए।

पाँच महिनाको अवधिमा फाइनान्स कम्पनीमध्ये सर्वाधिक नाफा बेस्ट फाइनान्सले आर्जन गरेको छ। उक्त फाइनान्सले १२ करोड रुपैयाँ खुद नाफा कमाएको हो। कात्तिकको तुलनामा फाइनान्सको नाफा ०.१६ प्रतिशतले बढेको छ।

यसैगरी यस अवधिमा धेरै नाफा कमाउने अर्को फाइनान्स कम्पनी गुडविल र आईसीएफसी फाइनान्स कम्पनी रहेका छन्। यी दुवै फाइनान्सले सात करोड ७० लाख रुपैयाँ नाफा कमाएका छन्। त्यस्तै, मञ्जुश्री फाइनान्सले पाँच करोड ३७ लाख खुद नाफा आर्जन गर्दा जानकी फाइनान्सले चार करोड ६२ लाख र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले चार करोड ४४ लाख रुपैयाँ खुद मुनाफा कमाएका छन्। समीक्षा अवधिमा यी छ वित्त कम्पनीहरुको खुद नाफा औसतभन्दा माथि रहेको छ।

प्रोगेसिभ फाइनान्सले यस अवधिमा सबैभन्दा कम नाफा कमाएको छ। प्रोगेसिभले छ लाख रुपैयाँ नाफा गरेको छ, जुन अघिल्लो महिनाको तुलनामा झन्डै १०० प्रतिशतको गिरावट हो।

समीक्षा अवधिमा दुई वित्त संस्थाहरु पनि घाटामा रहेको तथ्यांकले देखाएको छ। क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीले ३५ लाख रुपैयाँ नोक्सानी बेहोर्दा समृद्धि फाइनान्स १५ लाख रुपैयाँ घाटामा छ।

प्रकाशित मिति: बुधबार, माघ ५, २०७८  ११:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
पाँच अंकले बढ्यो नेप्से मंगलबार कारोबारमा आएकामध्ये ११८ कम्पनीको सेयर मूल्य बढ्यो भने १३४ कम्पनीको मूल्य घट्यो। ८ कम्पनीको सेयर मूल्य स्थिर रह्यो। सेयर मूल्... मंगलबार, पुस २९, २०८२
बढ्यो सेयर बजार, खुम्चियो कारोबार रकम १२९ कम्पनीको मूल्य बढ्दा ११५ को घट्यो भने १५ को स्थिर रह्यो । सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.३०, विका... बिहीबार, पुस २४, २०८२
सामान्य अंकले बढ्यो नेप्से सोमबारको तुलनामा मंगलबार शून्य दशमलव शून्य तीन प्रतिशतले बढेर नेप्से २५ सय ८२ दशमलव २३ विन्दुमा बन्द भएको छ । मंगलबार, पुस ८, २०८२
ताजा समाचारसबै
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
रेजा पहलवीले गरे इरानमा अमेरिकी हस्तक्षेपका निम्ति आह्वान शनिबार, माघ ३, २०८२
भावी सरकारमा पनि मिडियाकर्मीको प्रतिनिधित्व हुनुपर्छ : सञ्चारमन्त्री शनिबार, माघ ३, २०८२
यी हुन् गगन थापाको सभापतित्वमा बसेको काँग्रेस कार्यसमिति बैठकले गरेका निर्णयहरु शनिबार, माघ ३, २०८२
बर्दिया १ बाट चुनाव लड्ने तयारीमा बामदेव गौतम शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
यी हुन् गगन थापाको सभापतित्वमा बसेको काँग्रेस कार्यसमिति बैठकले गरेका निर्णयहरु शनिबार, माघ ३, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो शुक्रबार, माघ २, २०८२
देउवा पक्षको आक्रोश – निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्