फाइल तस्बीर काठमाडौं– चिनी मिलले उखु किसानको साढे ७ करोड रुपैयाँभन्दा बढी रकम अझैसम्म भुक्तानी नगरेको पाइएको छ।
चिनी मिलहरुले किसानको वक्यौता तत्कालै भुक्तानी गर्ने प्रतिवद्धता जनाएको भएपनि अहिलेसम्म ७ करोड ६० लाख ७९ हजार १३० रुपैयाँ भुक्तानी हुन नसकेको हो।
गत पुस २५ गतेसम्मको विवरणअनुसार किसानको ७ करोड ६० लाख ७९ हजार १३० रुपैयाँ चिनी मिलले अझै भुक्तानी गर्न बाँकी छ।
किसानलाई भुक्तानी गर्न बाँकी रकममध्ये सर्लाहीको अन्नपूर्ण सुगर एण्ड जनरल इन्डस्ट्रिज प्रालि धनकौलाले ३ करोड १३ लाख ९१ हजार ५५६ रुपैयाँ छ।
यस्तै, रौतहटको श्रीराम सुगर मिल्सले ३ करोड १२ लाख ६ हजार १३७, नवलपरासी पश्चिमको इन्दिरा सुगर एण्ड एग्रो इन्डस्ट्रिजले १ करोड ६ लाख ५९ हजार १७६ रुपैयाँ भुक्तानी गर्न बाँकी छ।
सिरहाको हिमालय सुगर मिल्स लिमिटेडले ५३ लाख ५७ हजार ५१७ रुपैयाँ भुक्तानी गर्न बाँकी छ भने नवलपराशी पश्चिमको लुम्बिनी चिनी उद्योग प्रालिले ४ लाख २० हजार ३४३ रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।