काठमाडौं– बलिउड अभिनेता जोन अब्राहमले एउटा फिल्ममा अभिनय गरेवापत लिने पारिश्रमिकमा बढाएका छन्। जनवरीमा उनले काम गर्ने सम्झौता गरेको फिल्मसँगै उनले लिने गरेको पारिश्रमिकमा बढाएका हुन्।
उनले ‘एक विलेन रिटर्नस्’ नामक फिल्ममा सम्झौता गर्दै फिल्मभरको पारिश्रमिक २१ करोड भारतीय रुपैयाँ लिने भएका छन्।
यसअघि प्रदर्शनमा आएको ‘सत्यमेव जयते २’ र ‘बाटला हाउस’ सफल भएसँगै अब्राहमले आफ्नो पारिश्रमिक बढाएका हुन्। उनले आदित्य चोपडाको फिल्म ‘पठान’का लागि २० करोड भारतीय रुपैयाँ लिएका थिए। त्यसपछि सम्झौता गरेको फिल्म ‘एक विलेन रिटर्न्स’मा भने जोनको पारिश्रमिक २१ करोड भारतीय रुपैयाँ पुगेका छ।
योसँगै जोनले तीन वर्षमा आफूले पाउने पारिश्रमिकलाई तीन गुणा बढाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।