काठमाडौं- भारतको आम आदमी पार्टीले संगरूरबाट लोकसभा सांसद भगवन्त मानलाई पञ्जाबमा आफ्नो पार्टीबाट मुख्यमन्त्रीको उम्मेदवार बनाएको छ।
मंगलबार आम आदमी पार्टीका प्रमुख अरविंद केजरीवालले भगवन्त मानको नाम घोषणा गरेका हुन्। पञ्जाबमा २० फेब्रुअरीमा मतदान हुँदैछ।
गत हप्ता केजरीवालले एक मोबाइल नम्बर जारी गरेका थिए र पंजाबका मानिसलाई आफ्नो मन पर्ने उम्मेदवार भन्न आह्वान गरेका थिए। केजरीवालका अनुसार पञ्जाबका मानिसले भगवन्त मानलाई रुचाएका छन्।
केजरीवालले भने, 'केही मानिसले मुख्यमन्त्रीको रुपमा मेरो नाम राखे भने ९३ प्रतिशत भन्दा धेरैले सरदार भगवन्त मानलाई मन पराए। त्यसैले आम आदमी पार्टीको तर्फबाट पञ्जाबको मुख्यमन्त्रीमा सरदार भगवन्त मान घोषित भएका छन्।'
उनका अनुसार ३ प्रतिशत मानिसले सिद्धुको नाम लिएका थिए। भगवन्त मान पञ्जाबमा आम आदमीका पार्टी प्रमुख हुन् र संगरूर लोकसभा क्षेत्रमा सांसद हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।