काठमाडौं– पछिल्लो केही दिनयता वाणिज्य बैंकहरु निक्षेप संकलन तथा कर्जा लगानी दुवैमा आक्रामक देखिएका छन्। नेपाल बैंकर्स संघले सार्वजनिक गरेको एक सातको तथ्यांक अनुसार बैंकहरुले १७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्।
२७ वाणिज्य बैंकहरुले पुस २३ गतेदेखि पुस ३० को अवधिमा १७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ३५ अर्ब रुपैयाँ कर्जा वितरण गरेका हुन्। संघका अनुसार पुस २३ देखि ३० गतेको एक हप्ताको अवधिमा १७ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ। सो अवधिमा ३५ अर्ब कर्जा प्रवाह भएको संघको तथ्यांक छ।
पुस २ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप ४२ खर्ब ३९ अर्ब रुपैयाँ थियो। त्यस्तो निक्षेप पुस ३० गते ४३ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ। २८ दिनमा वाणिज्य बैंकहरुको निक्षेप ८५ अर्ब रुपैयाँले वृद्धि हुँदा कर्जा भने ७८ अर्ब रुपैयाँले बढेको छ। पुस २ गते ४० खर्ब ८५ अर्ब रुपैयाँ रहेको कर्जा प्रवाह पुस ३० गते ४१ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।