काठमाडौं- चिनियाँ राष्ट्रपति सि चिनफिङले वैश्विक द्वन्द्वको नतिजा भीषण हुन सक्ने चेतावनी दिएका छन्।
सोमबार डावोस वर्ल्ड इकोनोमिक फोरमको बैठकमा उनले यस्तो चेतावनी दिएको बीबीसीले उल्लेख गरेको छ।
कोरोना महामारीका कारण वर्ल्ड इकोनोमिक फोरमको बैठक भर्चुअल भइरहेको छ।
राष्ट्रपति सिले इतिहास यस कुराको साक्षी रहेको र टकराबले समस्याको हल ननिस्कने बताए। उनले कोरोना महामारीको असरसँग लड्नका लागि साझा प्रयासको आवश्यकता रहेको बताए।
उनले वैश्विक अर्थव्यवस्थाको स्थिति र खराब हुनबाट रोक्नका लागि आर्थिक नीतिहरुमा राम्रो समन्वयका लागि आह्वान गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।