काठमाडौं– विश्वभर पछिल्लो २४ घण्टामा १९ लाख ७३ हजार ४७१ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै विश्वभर कुल संक्रमितको संख्या ३३ करोड १२ लाख नाघेको छ।
पछिल्लो केही दिनदेखि अमेरिका र युरोपमा संक्रमण बढेसँगै दैनिकसंक्रमितको संख्यासमेत उच्च हुन थालेको हो। पछिल्लो २४ घण्टामा अमेरिकामा ३ लाख ८३ हजार, फ्रान्समा १ लाख २ हजार, इटलीमा ८३ हजार, बेलायतमा ८४ हजार संक्रमित थपिएका छन्।
सो अवधिमा १२ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् भने ४ हजार ९७३ जनाको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा भारतमा २ लाख २२ हजारभन्दा बढी संक्रमित थपिँदा ३०२ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।