काठमाडौं– नेको इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
कम्पनी सञ्चालक समितिको सामेबार बिहान सम्पन्न बैठकले सेयरधनीलाई १५.७९ प्रतिशत लाभांश घोषणा गरेको हो। प्रस्तावित लाभांशमा चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश रहेको छ।
प्रस्ताविल लाभांश बीमा समितिको स्वीकृति र इन्स्योरेन्सको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।