काठमाडौं– किसान लघुवित्त वित्तीय संस्थाले आव २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
कम्पनी सञ्चालक समितिको आइतबार सम्पन्न बैठकले २५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन्।
विभिन्न कम्पनी गाभिएर एकीकृत कारोबार भएकाले सेयरधनीले बोनस सेयरमा लाग्ने कर भने छुट पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।