काठमाडौं- उत्तर कोरियाले सोमबार फेरि क्षेप्यास्त्र परीक्षण गरेको छ। सोमबार बिहान उत्तर कोरियाले यस वर्षको चौथौं ब्यालिस्टक क्षेप्यास्त्र परीक्षण गरेको जापानका तटीय सुरक्षा गार्डले जानकारी दिएको समाचार संस्था सीएनएनले जनाएको छ।
दक्षिण कोरियाली सैनिक अधिकारीहरुले पनि उत्तरले प्रक्षेपण गरेको अज्ञात क्षेप्यास्त्र आफ्नो पूर्वी नजिक खसेको जनाएका छन्।
जापानको शुरुआती अनुमानमा मिसाइल ५० किलोमिटर (३१ मिल) को अधिकतम उचाइमा करिब ३ हजार किलोमिटर (१८६ मील) परको यात्रा तय गर्न सक्छ।
सन् २०२२ सुरु भएलगत्तै उत्तर कोरियाले श्रंखलावद्ध रुपमा क्षेप्यास्त्र प्रक्षेपण गर्दै आएको छ। गत शुक्रबार मात्रै दुई वटा हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको थियो। लगातार क्षेप्यास्त्र परीक्षण गरेपछि अमेरिकाले उत्तर कोरियामाथि थप नाकाबन्दी लगाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।