काठमाडौं– सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १८ अंकभन्दा बढीले बढेको छ।
अघिल्लो कारोबार दिन आइतबार ६९ अंक बढेर २९२६.७४ विन्दुमा बन्द भएको नेप्से आजको सो सेसनमा १८.१७ अंक बढेर २९४४.९२ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स पनि ३.७४ अंक बढेको छ।
सोमबार प्रि ओपन सेसनमा १७ कम्पनीको १ करोड १८ लाख ५५ हजार रुपैयाँ बराबरको २९ हजार ५८४ कित्ता सेयर खरिदबिक्री भएको छ। कारोबारमाआएकामध्ये १६ कम्पनीको सेयरमूल्य बढेको छ भने एउटा कम्पनीको सेयरमूल्य घटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।