काठमाडौं- अमेरिकास्थित टेक्ससको डेलासमा एक यहुदी पूजास्थलमा चार जनालाई बन्धक बनाउने व्यक्तिको एफबीआईको कारबाहीमा मृत्यु भयो। एफबीआईले उनको पहिचान गरेको जनाइएको छ। उनी ४४ वर्षीय बेलायती नागरिक मलिक फैसल अकरम रहेको एफबीआईले जनाएको बीबीसीले उल्लेख गरेको छ।
स्थानीय समय अनुसार शनिबार कोलीविलमा बिहानको प्रार्थनाको समय एक व्यक्तिले मानिसहरुलाई बन्धक बनाएका थिए। त्यसपछि प्रहरीसँग चलेको १० घण्टा लामो मुठभेठडमा गोली लाग्दा अकरमको मृत्यु भएको छ। सबै बन्धकलाई सुरक्षितरुपमा छुटाइएको छ।
अमेरिकी राष्ट्रपति जो वाइडेनले यसलाई 'आतंकवादी काम' बताएका छन् र बेलायतले हमलाको निन्दा गरेको छ।
डेलास एफबीआईले उक्त अपराधमा अकरमका अलावा अन्य कोही सहभागीको संलग्नता फेला नपरेको बताएको छ।
मलिक फैसल अकरमका भाइले पीडितसँग माफी माग्दै एक बयान जारी गर्दै 'मानसिक रूप' बाट पीडित थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।