काठमाडौं- भारतको तमिलनाडु सरकारले जनवरी ३१ सम्म उक्त राज्यका सबै विद्यालयहरूमा पठनपाठन बन्द गर्ने घोषणा गरेको छ। कोरोना संक्रमितको संख्या बढेपछि राज्य सरकारले उक्त निर्णय लिएको हो।
राज्य सरकारले जनवरी १९ बाट सञ्चालन हुने भनिएको परीक्षा पनि स्थगित गरेको छ। तमिलनाडु सरकारद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राज्यमा कोभिड–१९ को महामारी पुनः बढेपछि सबै तहका विद्यालयहरूमा पठनपाठन तथा परीक्षाका कार्यक्रम जनवरी ३१ सम्मका लागि बन्द गर्ने निर्णय गरिएको छ। यस निर्णयसँगै जनवरी १९ देखि सञ्चालन गरिनेगरी तय भएका परीक्षाका कार्यक्रम पनि तत्कालका लागि स्थगित भएका छन्।’
तामिलनाडुमा हाल एक लाख ३१ हजारभन्दा बढीमा कोरोनाको सक्रिय संक्रमित रहेको बताइएको छ। राज्यमा संक्रमणबाट ३६ हजार ९६७ जनाको मृत्यु भएको छ। राज्यमा कूल संक्रमितमध्ये २७ लाख ४७ हजारभन्दा बढी निको भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।