• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

डेल्टाक्रोन : कोभिडको नयाँ भेरियन्ट कि प्रयोगशालाको त्रुटि?

64x64
नेपाल लाइभ सोमबार, माघ ३, २०७८  ०७:०२
1140x725
भारतको चेन्नाईमा राखिएको मास्कको मूर्ति। तस्बिर : एपीएफ/हिन्दुस्तान टाइम्स

काठमाडौं– यति बेला विश्वभर कोरोना भाइरसको तेस्रो लहर सुरु भइसकेको छ। कतिपय देशमा संक्रमितको संख्या उच्च विन्दुतिर पुगेको छ भने कतिपयमा तीव्र दरमा बढिरहेको छ। केही महिनाअघि मात्र देखिएको ‘ओमिक्रोन’ भेरियन्टका कारण विश्वमा तेस्रो लहर आएको हो।

यसअघि नेपाललगायत देशमा दोस्रो लहर आउँदा ‘डेल्टा’ भेरियन्टका संक्रमितले अस्पताल भरिएका थिए। तर, ओमिक्रोनलाई डेल्टा जति खतरनाक भने मानिएको छैन। डेल्टा र ओमिक्रोन भेरियन्टको म्युटेसन भयो भने के होला त?

हुन त यस्तो कुनै भेरियन्ट बनेको विशेषज्ञ वा चिकित्सकले प्रमाणित गरेका छैनन्। न त विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नै यस्तो भेरियन्टको संभावनाबारे आधिकारिक जानकारी दिएको छ। तर, यसरी म्युटेसन भएर ‘डेल्टाक्रोन’ बनेको आशंका भने गर्न थालिएको छ।

के हो कोरोनाको ‘डेल्टाक्रोन’ भेरियन्ट?
साइप्रसस्थित एक शोधकर्ताका अनुसार डेल्टाक्रोन भेरियन्ट कोरोना भाइरसको एउटा यस्तो स्वरुप हो, जुन डेल्टा र ओमिक्रोन मिलेर बनेको छ। यो स्ट्रेनलाई हाल ‘डेल्टाक्रोन’ नाम दिइएको छ। तर, यो डब्लूएचओले दिएको आधिकारिक नाम भने होइन। नयाँ भेरियन्टको नाम डब्लूएचओले दिने गरेको छ।

गत जनवरी ७ मा साइप्रसका वैज्ञानिकहरूले यो भेरियन्टलाई पहिलो पटक पुष्टि गरेका थिए। तर, डब्लूएचओले यसलाई पुष्टि भने गरेको भने छैन। 
साइप्रस विश्वविद्यालयमा जैविक विज्ञानका प्राध्यापक रहेका वैज्ञानिक डा. लियोनडिओस कोस्त्रिकिसले नेतृत्व गरेको वैज्ञानिकहरूको टोलीले पहिलो पटक यो भेरियन्टबारे थाहा पाएको थियो। उनीहरुका अनुसार कोराना भाइरसको यो स्वरुपमा डेल्टा भेरियन्टको जस्तो जिनोम र ओमिक्रोनको जस्तो विशेषता पाइएको थियो। उनीहरुका अनुसार साइप्रसमा कुल २५ जनामा यस्तो भेरियन्टको संक्रमण पाइएको छ। तीमध्ये केही अस्पताल भर्ना भएका थिए भने केही समुदायमा थिए। 

विश्वभर अहिले ओमिक्रोन सबैभन्दा तीव्र फैलिरहेको भेरियन्ट हो भने डेल्टा अघिल्लो वर्षको मार्च अप्रिलमा फैलिएको थियो। ओमिक्रोनलाई अहिलेसम्मको संक्रामक भेरियन्ट मानिएको छ। त्यस्तै डेल्टालाई हालसम्मकै घातक भेरियन्ट मानिन्छ। यस्तोमा यी दुई भेरियन्टको म्युटेसन भए कस्तो स्वरुपमा र कति खतरनाक हुन्छ भन्नेबारे शोधकर्ता तथा विशेषज्ञहरुले अनुसन्धान सुरु गरेका छन्। 

भेरियन्टको नाम ‘डेल्टाक्रोन’ किन?
साइप्रस विश्वविद्यालयमा जीवन विज्ञानका प्राध्यापक र जीव अनुसन्धान तथा आणविक विषाणु विज्ञान प्रयोगशालाका प्रमुख लियोनडिओस कोस्त्रिकिसले ‘दुई भेरियन्टको मिश्रणको रुपमा’ पाइएको भाइरसको स्वरुपको नयाँ कोभिड–१९ भेरियन्टलाई ‘डेल्टाक्रोन’ नाम दिएका थिए। कोस्त्रिकिसले अहिले ओमिक्रोन र डेल्टा दुवै संक्रमण रहेको र अहिले नै दुवै भेरियन्ट मिलेर बनेको नयाँ भेरियन्ट भेटिएको दाबी गरेका थिए। 

उनकाअनुसार डेल्टा भाइरसको जिनोमभित्र ओमिक्रोनको अनुवांशिक विशेषता र संरचना भएकाले भाइरसको यो स्वरुपलाई ‘डेल्टाक्रोन’ नाम दिइएकोे थियो। योसँगै भाइरसको नयाँ स्वरुपमा ओमिक्रोनमा केही म्युटेशन पनि पाइएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

कोस्त्रिकिस र उनको समूहले गरेको सांख्यिकीय विश्लेषणमा कुल २५ जनामा भाइरसको यो नयाँ स्वरुप पाएका थिए। जसमध्ये ११ जना अस्पतालमा भर्ना भएका थिए भने १४ जना समूदायमा थिए। अस्पतालमा भर्ना भएकाहरुमा यो भेरियन्टको विशेषता धेरै मात्रामा देखिएको थियो। साइप्रसमा फेला परेको कोरोना भाइरसको नयाँ स्वरुपलाई ७ जनवरी मै जीआईएसएआईडीलाई पठाइएको थियो, जुन अन्तराष्ट्रिय रुपमा भाइरसमा हुने परिवर्तनको बारेमा तथ्यांक राख्ने संस्था हो।

के ‘डेल्टाक्रोन’ वास्तविक भेरियन्ट हो?
‘डेल्टााक्रोन’ कोरोना भाइरसको वास्तविक भेरियन्ट हो वा प्रयोगशालामा भएको त्रुटि हो भन्ने चाहिँ पुष्टि भइसकेको छैन। न त यसको नाम नै आधिकारिक हो। 

सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमसम्म यो भेरियन्टबारे देखिएको चर्चापछि चिकित्सक तथा विशेषज्ञहरूले अनुसन्धान थालेका थिए। बेलायतको ‘वेल्लकम सेन्गर इन्सचिच्युट’मा कोभिड–१९ ‘जेनामिक्स इनिसिएटिभ’का प्रमुख रहेका डा. जेफ्फरी ब्यारेटाका अनुसार भाइरसको यो किसिमको नयाँ स्वरुप प्रयोगशालाकै त्रुटि हुनपर्ने बताएका छन्। ‘यो जैविक रुपमा भएको डेल्टा र ओमिक्रोनको म्युटेसन होइन’, उनले भनेका छन्।

बेलायतकै ‘इम्पेरियल कलेज’का प्राध्यापक तथा भाइरोलोजिष्ट डा. टम पिककका अनुसार प्रयोगशालामा भएको त्रुटिलाई ठूला सञ्चारमाध्यमले ‘डेल्टाक्रोन’ भन्दै चर्चामा ल्याएको बताए। उनका अनुसार जस्तोसुकै प्रयोगशालामा पनि भाइरसको सिक्वेन्सिङ गर्दा मिश्रण हुने संभावना हुन्छ। त्यसैले प्रयोगशालाबाटै ‘डेल्टाक्रोन जन्मिएको’ उनको भनाइ छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अन्तराष्ट्रिय समुदायका वैज्ञानिक तथा चिकित्सकले भाइरसको यो स्वरुप नभएको र प्रयोगशालाको त्रुटि भएको बताइरहँदा साइप्रसका वैज्ञानिक डा. कोस्त्रिकिसले भने प्रतिवाद गरेका छन्। उनले भाइरसको यो स्वरूप थाहा पाउनलाई एउटा मात्रै नभएर थुप्रै प्रयोगशालामा सिक्वेन्सिङ गरिएको बताए। 

यता साइप्रस मेलले साइप्रसभर सुरुवाती २५ सहित हालसम्म ५२ जना ‘डेल्टाक्रोन’ भेरियन्टका संक्रमित भेटिसकिएको उल्लेख गरेको छ।

प्रकाशित मिति: सोमबार, माघ ३, २०७८  ०७:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न
सङ्गठित अपराधका मुद्दामा मिलापत्र!
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्