काठमाडौं– विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई कोरोना संक्रमण भएको छ।
मिश्रले आइतबार सामाजिक सञ्जालमार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्।
‘बाहिर हेर्दा उस्तै, भित्रभित्रै कोरोना भाइरस!,’उनले लेखेका छन्,‘म पनि कोरोना पोजिटिभ देखिएको छु। अस्पतालमा परीक्षणपछि घर आएर सुरक्षितरुपमा बसेको छु। अहिले सबै ठिकै छ।’
उनले गत केही दिनमा आफ्नो सम्पर्कमा आएका सबैलाई सतर्कता अपनाउन र आवश्यक परे कोरोना परीक्षण गराउन पनि आग्रह गरेका छन्।
‘गत केही दिनमा मेरो नजिकको सम्पर्कमा आउनुभएका साथी/शुभेच्छुकलाई सावधानी अपनाउन र आवश्यक देखिए परीक्षण गर्न बिनम्र आग्रह गर्दछु,’ मिश्रले लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।