काठमाडौं– आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १५ अंक बढेको छ।
गत बिहीबार ५४.१२ अंक बढेर २८५७.७५ विन्दुमा बन्द भएको नेप्से आजको सो सेसनमा १५.६६ अंक बढेर २८७३.४२ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स पनि १.७७ अंक बढेको छ।
आइतबार प्रि ओपन सेसनमा १८ कम्पनीको ११ हजार २०२ कित्ता सेयर खरिदबिक्री भएको छ। कारोबारमा आएकामध्ये १८ वटै कम्पनीको सेयरमूल्य बढेको छ।
आजको सो सेसनमा ५६ लाख २५ हजार ८२२ रुपैयाँ ७९ पैसा बराबरको सेयर किनबेच भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।