वासिङ्टन- अमेरिकाको ओरेगन राज्यको युजेनमा रहेको कन्सर्ट हलबाहिर शुक्रबार राति गोली चल्दा छ जना घाइते भएका छन्।
उनीहरुलाई अस्पताल लगिएको प्रहरीले जनाएको छ। सीएनएनले उल्लेख गरेअनुसार लिल बीन र जे बैंग शोको क्रममा गोली चलेको थियो।
'राति ९:२९ मा डब्ल्यूओडब्ल्यू हल, २१९ डब्ल्यू आठौं एभिन्यूमा धेरै पटक गोली चलेको रिपोर्ट आएको थियो।
पीडितको शल्यक्रिया भइरहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।